काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने कुनै निर्देशन जारी नभएको प्रष्ट पारेको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सञ्चारमाध्यममा आएजस्तो मन्त्रालयले कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोषमा राख्ने निर्देशन जारी नगरेको बताएका हुन्।
“विभिन्न तहका कर्मचारीहरूले तीनदेखि सात दिनको तलब कोषमा राख्ने भन्ने कुनै निर्देशन भएको छैन”, उनले भने, “अहिलेसम्म कसैको कट्टी पनि गरिएको छैन। कर्मचारीहरूलाई भ्रममा नपर्न अनुरोध गर्छु।”
उनले मनोबल उच्च बनाएर काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आग्रह पनि गरे।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने कुनै निर्देशन जारी नभएको प्रष्ट पारेको छ।नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सञ्चारमाध्यममा आएजस्तो मन्त्रालयले कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोषमा राख्ने निर्देशन जारी नगरेको बताएका हुन्।

">