काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आउँदो वैशाख र जेठ महीनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
२७ चैतमा भएको समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।
त्रिविले कोभिड-१९ को कारणले यसअघि चैतमा हुने परीक्षा स्थगित गरेको थियो।
वैशाख र जेठमा सञ्चालन गरिने परीक्षामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे क्रमशः बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा थिए।
यसैगरी, पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सीलिङ साइकोलोजी, स्कूल साइकोलोजी र पोष्ट ग्राजुएट इनउमन स्टडिजका पूरा तथा आंशिक परीक्षा रहेका थिए। रासस
" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आउँदो वैशाख र जेठ महीनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।२७ चैतमा भएको समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

">