हेटौँडा। एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले आज सहयोग हस्तान्तरण गरेको हो।
बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौँडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन्।
यसैगरी, पीपीई सेटसँगै एन९५ मास्क १०० थान र १०० एमएल बोतलका १०० थान स्यानिटाइजर पनि हस्तान्तरण गरिएको हो।
सातवटै प्रदेशलाई १००/१०० थान पीपीई र कोरोना भाइरस नियन्त्रणको केन्द्रीय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालयका प्रमुख पुरीले जानकारी दिए।
कोरोनाबाट सुरक्षित भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताए।
मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरू आज नै स्वास्थ्य तथा आपूर्ति व्यवस्था कार्यालयमा पठाइएको जानकारी दिए।
कार्यलयमार्फत् एकद्वार प्रणालीअनुसार नै पीपीई आवश्यकता अनुसार अस्पतालहरूमा पठाइने मुख्यमन्त्री पाैडेलले बताए।
अप्ठ्यारो समयमा सहयोग गरिएकोप्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे।
आज नै प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी र कृष्ण प्रणामी सेवा समिति मकवानपुरले सहयोग गरेका छ्न्।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीका हेटौँडा शाखा प्रमुख सन्जय रेग्मीले पाँच लाख र कृष्ण प्रणामी सेवा समितिका अध्यक्ष अर्जुनप्रसाद वाग्ले र उपाध्यक्ष श्रीराम खतिवडाले एक लाख पाँच हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
" /> हेटौँडा। एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ।प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले आज सहयोग हस्तान्तरण गरेको हो।

">