काठमाडौं। यति बेला बर्गामो शहर उत्साहले भरिएको हुन्थ्यो। त्यहाँका सडक उत्साहले गुञ्जयमान हुन्थे। किनभने उनीहरू इतिहासमै पहिलोपटक सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग क्वार्टरफाइनलको तयारीमा जुटिरहेका हुन्थे।

तर, यथार्थ त्यस्तो छैन। ठीक उल्टो छ। सडक शान्त छ। गुञ्जिरहेको छ केबल एम्बुलेन्स साइरनको आवाज। हुइइइ... हुइइइ...। अनि बजेको छ त केवल चर्चको घण्टी। जहाँ भर्खरै कोरोना भाइरस महामारीबाट ज्यान गुमाउनेका अन्तिम संस्कार हुदैछ।

६ साता पनि बितेको छैन, उनीहरूले च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब भ्यालेन्सियामाथि ४–१ को नतिजा निकाल्दै विजयोत्सव मनाएको। तर, अहिले त्यही शहर कोभिड–१९ महामारीको केन्द्रभाग बनेको छ। दुर्भाग्य, इटलीमा महामारी फैलिनुमा त्यही खेललाई कारण मानिएको छ।

एटलान्टाले दोस्रो लेग भने बन्द रंगशालामा खेल्यो। ४–३ को नतिजा निकाल्यो र समग्रमा ८–४ को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनायो। इटालियन क्लब एटलान्टा पहिलोपटक युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको क्यार्टरफाइनलमा स्थान बनाउन सफल भयो। तर, उसले क्वार्टरफाइनलमा आफ्नो प्रतिद्वन्द्वी को हो भनेर अझै पत्तो पाएको छैन। कारण, त्यस खेलयता युरोपका अधिकांश फुटबल खेल स्थगित छन्, कोरोना भाइरस संक्रमणका कारण।

एटलान्टा इटालियन फुटबलमा पनि ठूलो नाम होइन। युरोपमा त झनै हुने कुरै भएन। मध्यम बजेटबाट चल्ने एक प्रान्तिय टीम भए पनि पछिल्लो समयको प्रदर्शनले युरोपियन प्रतियोगितामा एटलान्टालाई सबैभन्दा चासोपूर्वक हेरिएको थियो।

तर, त्यही टीम अहिले आफ्ना समर्थकहरूलाई सामुहिक रूपमा एक भएर बर्गामोलाई कोरोना भाइरस संक्रमणमुक्त बनाउन लागिपरेको छ। संकटबाट मुक्तिका लागि याचना गरिरहेको छ।

एटलान्टाको सफलताको यात्रा

बर्गामो सधैँ अल्प्सको छायाँमा रह्यो। एटलान्टाले लामो समय एसी मिलान र इन्टर मिलानको छायाँमा आफ्तो अस्तित्व खोजिरह्यो।

ला डिए (एटलान्टालाई यो नामले पनि चिनिन्छ)ले सन् २०१६ सम्म एक मात्र ठूलो उपाधि जितेको थियो भने इटालियन सिरी ए प्रतियोगितामा सबभन्दा राम्रो प्रदर्शन भनेको छैटौँ स्थान हालिस गर्नु थियो। तर, जियान पियरो गासपेरिनीले टीमको प्रशिक्षण सम्हालेपछि एटलान्टाको बाटो फेरियो।

६२ वर्षे अनुभवी प्रशिक्षक गासपेरिनीले टीममा परिवर्तन गरे। एकेडेमीमा हुर्किएका युवा खेलाडीलाई मौका दिए भने केही नयाँ खेलाडी अनुबन्ध गर्दै अनुभव र युवा जोशको समिश्रण गरे। र, आफू जेनोवा हुँदा सफल भएको फर्मेसन ३–४–३ को टीमलाई परिवर्तन गरे।

उनले पाएको अवसरमा जोखिम मोल्न हच्किएनन्। र, अन्ततः उनी सफल भए। उनको योजनाले काम गर्‍यो। गासपेरिनीले टीम सम्हालेको पहिलो सिजन नै एटलान्टा इटालियन सिरी ‘ए’ को चौंथो स्थानमा उक्लिन सफल भयो। २०१८ मा सातौँ स्थानमा रह्यो भने २०१९ मा तेस्रो स्थानमा रहन सफल भयो। त्यस्तै कोपा इटालियाको फाइनलमा स्थान बनाउन पनि सफल भयो।

गासपेरिनीको मास्टरमाइण्डले काम गरिरहँदा लामो समय क्लबमा योगदान दिएका कप्तान पापु गोमेज समर्थकहरूमाझ लोकप्रिय बने। दुबै जना बर्गामो शहरका उच्च सम्मानित नागरिकमा पर्छन् र त्यहाँका भित्ताहरूमा उनीहरूको तस्वीर जताततै देख्न पाइन्छ।

२०१६/१७ मा ‘फ्लोस डान्स गोल सेलिब्रेसन’पछि ३२ वर्षे गोमेज चर्चित बने। त्यसअघि उक्त डान्स अनलाइन भिडियो गेम फोर्टनाइटबाट चर्चित थियो।

नम्र र निस्वार्थ भावका साथ एटलान्टाको बाटो परिवर्तन गरेका कारण गोमेज र गासपेरिनीलाई उत्कृष्ट समर्थकहरूले आफ्नो हृदयमा सजाएका छन्।

एटलान्टा कहिल्यै एक वा दुई मुख्य खेलाडीमा निर्भर रहेन। यस सिजनको च्याम्पियन्स लिगमा उनीहरूका दश फरक खेलाडीले गोल गरे। जुन अन्य टीमको भन्दा धेरै हो। यसरी उनीहरूले आफ्नो उपलब्धी हासिल गर्दै गए।

च्याम्पियन्स लिग रोमाञ्चकताको यात्रा

समूह चरणमा आधाजसो खेल सकिँदा एटलान्टाको यात्रा सहभागितामै सीमित हुने धेरैको अनुमान थियो। तर, एटलान्टाले चामत्कारिक पुनरागमन गर्‍यो। समूह चरणमा लगातार पहिलो तीन खेल हारेर पनि नकआउट चरणमा स्थान बनाउने पहिलो क्लब बन्यो।

निर्णायक खेलमा शाख्तर डोनेक्सको भ्रमणमा निस्केको एटलान्टाले ३–० को शानदार विजय हासिल गर्दै समूह ‘सी’ बाट म्यानचेस्टर सिटीसँगै उपविजेताको हैसियतमा नकआउट चरणमा स्थान बनायो। टीम रातको २ बजे घर फर्किदा पनि चिसोको पर्वाह नगरी ठूलो संख्यामा समर्थकहरू स्वागत गर्न सडकमा उत्रिएका थिए।

एटलान्टाले च्याम्पियन्स लिगमा ‘होम गेम’ मिलानको सान सिएरोमा खेलेको थियो। किनकी एटलान्टाको आफ्नै रंगशालाले यूईएफएको न्यूनतम आवश्यकता पुरा गर्दैनथ्यो। १७ हजार ६०० को दर्शक क्षमता थियो।  तर, १९ फेब्रुअरीमा भ्यालेन्सियाविरुद्ध अन्तिम १६ को पहिलो लेग हेर्न ४० हजार (शहरको एक तिहाई जनसंख्या) समर्थक बर्गामोबाट ३७ माइल परको मिलान पुगेका थिए। सामान्यतया ४० मिनेटमा पुगिने बाटो तय गर्न त्यस दिन तीन घण्टा लागेको थियो।

बर्गामोमा पनि नयाँ जन्मिएका बच्चालाई क्लबले जर्सी र दूध निःशुल्क उपलब्ध गराइएको थियो। ला डेएको सबैभन्दा ठूलो खेल हेर्न मिलान नपुगेकाहरू सबैजना घर तथा बारमा भेला भएका थिए। एक घन्टा नबित्दै एटलान्टाले ४–० को अग्रता लियो। त्यसमध्ये दुई गोल नेदरल्यान्ड्सका विंगर हान्स हाटबोयरले गरेका थिए। उनी २०१६ मा १० लाख पाउण्डमा अनुबन्ध भएका थिए।

मिलानको सान सिएरो रंगशालामा होस् या घर फर्किदा बाटोमा, समर्थकहरू प्रत्येक गोलमा रोमाञ्चित हुदै अंगालो मारिरहेका थिए। झुमिरहेका थिए। उनीहरूका लागि त्यो सपनाजस्तै थियो। तर, उनीहरूलाई के थाहा? त्यही कहीँ कोरोना भाइरस सलबलाइरहेको थियो भनेर।

सुन्दर सपना दुस्वप्नमा बदलिएको क्षण

त्यतिबेला कोरोना भाइरस संक्रमणको केन्द्र चीनलाई मानिएको थियो। तर, सान सिएरोको त्यो खेल सकिएको दुई दिनपछि बर्गामोको लोम्बर्डीमा दुईजना कोरोना भाइरस संक्रमित भएको पुष्टि भयो।

एटलान्टाले १ मार्चमा लेसेमाथि ७–२ को विजय हासिल गर्नुअघि समर्थकले परिक्षण गराएका थिए। उक्त खेलमा कोलम्बियाका स्ट्राइकर डुभान जापाटाले ह्याट्रिक गरेका थिए। एटलान्टाले यस सिजन सात गोल गरेको यो तेस्रो खेल थियो।

पछिल्लो दुई सिजन इटालियन सिरी ‘ए’ मा १२ वटा ह्याट्रिक भएको थियो। त्यसमध्ये सात वटा एटलान्टाका खेलाडीले गरेका थिए। १० मार्चमा एटलान्टाले भ्यालेन्सियाविरुद्ध दोस्रो लेग खेल्नुअघि नै इटलीमा सबै खेल गतिविधि स्थगित भएको थियो भने देश लकडाउनमा थियो। तथापी, एटलान्टालाई बन्द रंगशालामा खेल्न स्पेन भ्रमणको अनुमति दिइएको थियो।

मेस्टाला रंगशलाअघि दुई हजारभन्दा धेरै संख्यामा भ्यालेन्सियाका समर्थक उपस्थित भएका थिए। भ्यालेन्सियाले ३–२ को अग्रता लिँदासम्म उनीहरू रमाइरहेका थिए। रंगशाला बाहिरबाटै भए पनि टीमको समर्थन गरिरहेका थिए। अन्ततः एटलान्टाले ४–३ को नतिजा निकाल्यो। भ्रमणकारी एटलान्टाका लागी चारै गोल जोसिप इलिसिचले गरेका थिए।

जारी सिजन २९ खेलमा २१ गोल गरेका इलिसिचले खाली रंगशालामा जर्सी फुकालेर भित्री टीसर्ट प्रदर्शन गरेका थिए। जहाँ लेखिएको थियो, ‘‘बर्गामो यो तिम्रो लागि हो। हरेस नखाऊ।’’

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेर फर्किएको टीमको स्वागत गर्न बर्गामोमा कोही सडकमा देखिएनन्। क्लबले समर्थकलाई घरमै बस्न आह्वान गरेको थियो।

‘‘बर्गामो पुग्नु केही समय अगाडिसम्म पनि हामी खुशी थियौँ,’’ मिडफिल्डर मार्टेन डी रुनले भने, ‘‘यस्तो अवस्थामा पुगिन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ। सडक शान्त थियो। एम्बुलेन्सको आवाज मात्र सुनिन्थ्यो। र, सुनिन्थ्यो त केवल चर्चमा बजेको घण्टीको आवाज। जुन मृत्यु हुनेको लागि बजाइएको थियो।’’

शोकमा एकजुट भएको शहर

१९६३ मा कोपा इटालियाको उपाधि जित्दा पनि एटलान्टाले लामो समय खुशी मनाउन पाएन। किनकी भोलिपल्ट बर्गामोमा जन्मिएका पोप जोन २३औं को निधन भएको थियो।

उनकै नाममा स्थापित बर्गामो अस्पताल अहिले कोरोना भाइरस संक्रमितहरूले भरिएको छ। इटलीमा कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ, बर्गामो। अस्पतालबाहिर सेनाका ट्रक शव ओसारपसार गर्न कफिन बोकेर लामबद्ध छन्। १९६३ मा इटालियन कपको उपाधि जित्दा टीमका गोलकिपर जाक्कारिया कोमेट्टीको पनि गत साता निधन भयो।

यस्तो दुखद घडीमा एटलान्टाले समर्थकहरूलाई परिचालन गरेको छ। यहीक्रममा उसले भ्यालेन्सियाविरुद्धको दोस्रो लेगको टिकट रकम फिर्ता गर्‍यो। अस्पताल र स्थानीय नर्सिङ होमलाई ६५ हजार युरो सहयोग गर्‍यो। इलिसिचले सहयोग गर्न चार गोल गरेको खेलको बल अक्सनमा राखेका छन्।

अस्पलान प्रांगणमा दश दिनमा २०० शय्याको उपचार कक्ष खडा गरियो। एटलान्टा र उसको मुख्य प्रायोजकले त्यहाँ आवश्यक उपकरण खरिद गर्‍यो भने समर्थक समूहले बनाउन मद्दत गर्‍यो।

एटलान्टाको युवा टीमले यसपटक यूईएफए युथ लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्, जसबाट गासपेरिनीलाई भविष्यमा टीम बनाउन सहयोग मिल्नेछ। शहरको गर्व गर्न लायक प्रतिभा त्यसमै हुनसक्छन्।

स्ट्राइकर जापाटाले भनेका छन्, ‘‘यो अध्याँरो समय समाप्त भएपछि हामीसँगै बसेर ठूलो उत्सव मनाउनेछौँ।’’

त्यो क्षण कहिले आउँछ, त्यो भने कसैलाई थाहा छैन।

तर, एकदिन बर्गामोबासीले एटलान्टाको जितमा पुनः एकपटक सडक गुञ्जायमान बनाउनेछन्। र, त्यतिबेला उनीहरूलाई एकअर्काको अझै बढी आवश्यकता पर्नेछ।

(बीबीसीमा प्रकाशित बेन कोलिनको आलेखको अनुवाद)

" /> काठमाडौं। यति बेला बर्गामो शहर उत्साहले भरिएको हुन्थ्यो। त्यहाँका सडक उत्साहले गुञ्जयमान हुन्थे। किनभने उनीहरू इतिहासमै पहिलोपटक सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग क्वार्टरफाइनलको तयारीमा जुटिरहेका हुन्थे।

"> एटलान्टालाई यूरोपियन फूटबलमा चम्काएको खेल जो इटलीको शोकको कारण बन्यो: Dekhapadhi
एटलान्टालाई यूरोपियन फूटबलमा चम्काएको खेल जो इटलीको शोकको कारण बन्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्