काेभिड-१९: सुदूरपश्चिमबाट आजसम्म एक हजार ६९५ जनाको नमूना संकलन

कैलाली। कोभिड-१९ को पीसीआर प्रविधिबाट परीक्षणका लागि नमूना संकलन थालिएको ५८ दिनमा सुदूरपश्चिम प्रदेशबाट एक हजार ६९५ जनाको नमूना संकलन गरिएको छ।

प्रदेश स्वास्थ्य आपत‍्कालीन केन्द्र डोटीले दिएको जानकारी अनुसार १ फागुनदेखि नमूना संकलन शुरू गरिएकाे थियाे।

प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन्।

प्रदेश स्वास्थ्य आपत‍्कालीन केन्द्रका अनुसार अहिलेसम्म २६३ जनाको मात्रै परीक्षण गरिएको छ। २७ चैतसम्म १९१ जनाको नमूना परीक्षण गरिएकोमा आज थप ७२ जनाको नमूना परीक्षण गरिएको हो।

त्यस्तै आजै प्रदेशमा स्थापना भएको प्रयोगशालामा पाँच र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६७ जनाको नमूना परीक्षण गरिएको हो। २६३ जनाको थ्रोट स्वाबको नमूना परीक्षण भएकोमा अहिलेसम्म चारजना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ।

यसैगरी कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्‍यापिड टेस्टले तीव्रता लिएको छ।

यसअघि कैलाली र कञ्चनपुरबाट संकलन गरिएका थ्रोट स्वाब र रगतको नमूनालाई र्‍यापिड डाइग्नोस्टिक टेस्ट र पीसीआर मेसिनमार्फत् परीक्षण गरी विश्वसनीयता मापनपछि मात्रै र्‍यापिड टेस्टलाई अगाडि बढाउने भनिएको भए तापनि विश्वसनीयता मापन नगरी र्‍यापिड टेस्टले तिव्रता पाएको हो।

कैलाली र कञ्चनपुर तथा पहाडी जिल्लामा अहिलेसम्म ८३९ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस्