काठमाडाैं। लामो समयदेखि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आएको कोरोना भाइरस संक्रमणको परीक्षण २५ चैतबाट देशका अन्य १० ठाउँमा हुन थाल्यो। २७ चैतदेखि उपत्यकाबाहिर थप चारवटा ठाउँमा आरटीपीसीआरबाट परीक्षण गर्ने काम शुरू भएको छ।
तर, प्रयोगशाला विस्तार गर्दैमा मात्र परीक्षणको गति बढ्ने होइन। परीक्षणका लागि पहिलो आवश्यकता स्वाब संकलन हो। प्रयोगशालाको विस्तार गरिए पनि स्वाब संकलनमा तीव्रता दिइएको छैन।
चार जनामा कोभिड-१९ पोजिटिभ भेटिएपछि सुदूरपश्चिम प्रदेशलाई सरकारले उच्च जोखिमको क्षेत्र मानेको छ। त्यसैले त्यहाँ तुलनात्मकरूपमा अरू प्रदेशहरू भन्दा बढी स्वाब संकलन भएको पाइएको छ।
आजसम्म प्रदेश १ मा १७८ स्वाब संकलन गरिएकोमा १०४ परीक्षण मात्र गरिएको छ। प्रदेश २ मा २५४ स्वाब संकलन भएकोमा १३५ जनाको परिणाम आउन बाँकी छ।
बागमती प्रदेशले ६३७ स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ। त्यस्तै गण्डकी प्रदेशमा २८३ वटा स्वाब संकलन गरिएको छ भने ६७ जनाको परिणाम आउन बाँकी छ।
“स्वास्थ्य मन्त्रालयले वा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणको दायरा बढाउन भन्नुपर्यो। एउटा ल्याबले एक दिनमै ९० वटा परीक्षण गर्ने क्षमता छ भने स्वाब संकलन किन नबढाउने ?” - छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास
प्रदेश ५ मा जम्मा ६४ वटा स्वाब संकलन भएकोमा ३८ जनाको परीक्षण गरिएको छ। कर्णाली प्रदेशमा ६०० बढी स्वाब संकलन भएको छ। परीक्षणका लागि काठमाडौं पठाइएको छ।
आजको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा आरटीपीसीआरका लागि एक हजार ६९५ स्वाब संकलन गरिएको छ, जसमध्ये एक हजार ४३२ परीक्षणको क्रममा छ।
आरडीटीका लागि ८३९ स्वाब संकलन गरिएको छ। सबैको परीक्षण हुँदा नेगेटिभ रिपोर्ट देखाएको छ। आजसम्मको यो आँकडाले सबैभन्दा बढी स्वाब संकलन सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम स्वाब संकलन प्रदेश ५ मा भएको छ। दुईजनामा पोजिटिभ केस देखिएको गण्डकी प्रदेशमा पनि स्वाब संकलन कम छ।
छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास मापदण्ड कठोर भएकाले स्वाब संकलन सुस्त भएको बताउँछन्। उनका अनुसार कसको स्वाब संकलन गर्ने भन्नेबारे तीनवटा दायरा तोकिएको छ। ती हुन्, विदेशबाट आएको हुनुपर्ने, रुघाखोकीवा ज्वरो आएको हुनुपर्ने र संक्रमित बिरामीसँग सम्पर्कमा बसेको। “यो दायरा फराकिलो पार्यो भने स्वाब संकलन आफैं बढ्छ”, डा. दास भन्छन्।
नेपालमै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न थालेपछि यी दायरा समयसापेक्ष नभएको डा. दासको तर्क छ।
“परीक्षण गर्ने सुविधा बढ्यो तर दायरा फराकिलो भएन त्यसैले स्वाब संकलन कम भयो”, डा. दास भन्छन्, “स्वास्थ्य मन्त्रालयले वा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणको दायरा बढाउन भन्नुपर्यो। एउटा ल्याबले एक दिनमै ९० वटा परीक्षण गर्ने क्षमता छ भने स्वाब संकलन किन नबढाउने ?”
“मापदण्डलाई जति फराकिलो बनाइन्छ, त्यति नै परीक्षणको दायरा फराकिलो हुन्छ, परीक्षणमा सकेसम्म धेरै मानिस अटाउँछन् तर यहाँ त्यस्तो नीति लिएको देखिँदैन ।” -जनस्वास्थ्यविद् शरद वन्त
सामान्य रुघाखोकी लागेको भए पनि परीक्षण गर्ने आवश्यकता रहेको उनको तर्क छ।
अन्य जनस्वास्थ्यविद् पनि डा. दाससँग सहमत छन्। साँघुरो दायरा, तालिमप्राप्त जनशक्तिको अभाव र तीन तहका सरकारबीच समन्वयको अभावले स्वाब संकलन तीव्र बन्न नसकेको उनीहरूको ठम्याइ छ।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेकाअनुसार दैनिक पाँच हजारको परीक्षण हुनुपर्ने थियो। “तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी नै छैनन्, स्वास्थ्यकर्मीसँग पर्याप्त सामग्री पनि छैन, स्वास्थ्यकर्मीले त स्वाब लिनै मानेका छैनन्”, डा. पाण्डे भन्छन्।
जनस्वास्थ्यविद् शरद वन्तका अनुसार मापदण्ड साँघुरो भएकाले परीक्षणको दायरा फराकिलो नभएको हो। “मापदण्डलाई जति फराकिलो बनाइन्छ, त्यति नै परीक्षणको दायरा फराकिलो हुन्छ, परीक्षणमा सकेसम्म धेरै मानिस अटाउँछन् तर यहाँ त्यस्तो नीति लिएको देखिँदैन”,उनले देखापढीसँग भने, “मापदण्डलाई बढी संकुचन बनाइएको हो कि जस्तो लाग्छ, व्यवस्थापकीय र प्राविधिक पक्षका कारणले पनि कम स्वाब संकलन र पर्याप्त परीक्षण नभएको हुन सक्छ।”
स्वाब संकलन गर्न सक्ने प्रशिक्षित स्वास्थ्यकर्मीको अभावले पनि कम स्वाब संकलन भएको जनस्वास्थ्यविद् वन्तले बताए। “स्वाब संकलन धिमा गतिमा अघि बढ्नुको कारण अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुनु पनि हो”, उनले थपे।
स्वास्थ्य मन्त्रालयको वेबसाइटमा आज साढे ४ बजेसम्मको तथ्यांकअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हजार १२२ जनालाई परीक्षण गरिएको छ।
" /> काठमाडाैं। लामो समयदेखि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आएको कोरोना भाइरस संक्रमणको परीक्षण २५ चैतबाट देशका अन्य १० ठाउँमा हुन थाल्यो। २७ चैतदेखि उपत्यकाबाहिर थप चारवटा ठाउँमा आरटीपीसीआरबाट परीक्षण गर्ने काम शुरू भएको छ।तर, प्रयोगशाला विस्तार गर्दैमा मात्र परीक्षणको गति बढ्ने होइन। परीक्षणका लागि पहिलो आवश्यकता स्वाब संकलन हो। प्रयोगशालाको विस्तार गरिए पनि स्वाब संकलनमा तीव्रता दिइएको छैन।

">