भारतका ओडिसा र पन्जावमा लकडाउन अवधि ३० अप्रिलसम्म बढाइयो <p>काठमाडौं।&nbsp;भारतको पन्जाब सरकारले कोरोना भाइरसको विस्तार रोक्नका लागि भन्दै अहिलेको लकडाउनको अवधि ३० अप्रिलसम्म बढाउने निर्णय गरेको छ। पन्जाब यस्तो निर्णय गर्ने भारतको दोस्रो राज्य हो, यसअघि ओडिसाले लकडाउन ३० अप्रिलसम्म बढाउने निर्णय गरेको थियो।&nbsp;</p> <p>पन्जाव राज्यका विशेष मुख्य सचिव बे बीएस सीद्धूले ट्वीट गर्दै लकडाउनको अवधि अरू २१ दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन्। पन्जाबमा पछिल्ला दिनमा कोभिड-१९ का बिरामी तीब्र गतिमा बढेका छन्। १३२ जना संक्रमित देखिएकामध्ये ११ जनाको ज्यान गइसकेको छ।&nbsp;</p> <p>९ अप्रिलमा ओडिसा सरकारले लकडाउनको अवधि अप्रिल महीनाको अन्तिमसम्म जारी राख्ने निर्णय गरेको थियो। विद्यालय र अन्य शैक्षिक संस्था १७ जुनसम्म बन्द रहने मुख्यमन्त्री नवीन पटनायकले बताएका थिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्