नयाँ दिल्ली। भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको बताएको छ।
संक्रमणलाई लिएर त्रस्त नहुनसमेत उसले अपील गरेको छ।
आज पत्रकारहरूसँग स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले भने, “भारतमा समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छैन, त्यसकारण त्रस्त हुनुपर्ने आवश्यकता पनि छैन।”
एक दिन अघिमात्र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले विज्ञप्तिमार्फत् भारतमा समुदाय तहमा संक्रमण फैलिएको हुनसक्ने उल्लेख गरेको थियो।
आज मात्रै पञ्जाबका मुख्यमन्त्री अमरिन्द्र सिंहले एकैदिन ट्राभल हिस्ट्री नभएका २७ जना व्यक्तिमा संक्रमण देखिएको उल्लेख गर्दै भारत अब समुदायमा संक्रमणको चरणमा प्रवेश गर्न थालेको बताएका थिए।
भारतमा आजसम्म ६ हजार ७६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ जसमध्ये २०६ जनाको मृत्यु भइसकेको छ।
पढ्नुहोस्
भारतका ओडिसा र पन्जावमा लकडाउन अवधि ३० अप्रिलसम्म बढाइयो
" /> नयाँ दिल्ली। भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको बताएको छ।संक्रमणलाई लिएर त्रस्त नहुनसमेत उसले अपील गरेको छ।

">