काठमाडौं।विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट आजसम्म संसारभर १६ लाख एक हजार १०६ जना संक्रमित भएका छन भने ९५ हजार ७०३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, ३ लाख ५७ हजार ९१२ जना आजसम्म यो रोगलाई जितेर फर्किएका छन्।

कोरोना महामारीबाट विश्वभर रहेका नेपालीसमेत प्रभावित बनेका छन्। अमेरिका र बेलायतमा त केही नेपाली मुलका र केही नेपाली नागरिकको मृत्यु भइसकेको छ।

कोभिड–१९ को कारण विदेशमा ज्यान गुमाउने पहिलो नेपाली हुन् लीलाबहादुर राई। ४ चैतमा बेलायतमा उनको निधन भएको थियो। मिर्गौला प्रत्यारोणबाट स्वस्थ भएका राइले कोभिड–१९ लाई जित्न सकेनन्।

बेलायतमा मात्रै कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ जना पुगिसकेको त्यहाँस्थित नेपाली दूतावासले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ।

पछिल्लो तथ्यांकअनुसार, अमेरिकामा मात्रै पाँच जना नेपालीको ज्यान गइसकेको छ।

संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावासका अनुसार अमेरिकामा ६० जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन्। न्यूयोर्कमा मात्र ४२ जना नेपालीलाई कोभिड–१९ ले अस्पताल पुर्‍याएको छ।

देखापढीलाई परराष्ट्र मन्त्रालयबाट प्राप्त विवरणमा भनिएको छ, “अमेरिकाको स्थानीय कानुनले विरामीको जानकारी गोप्य राख्ने हुनाले कति जना नेपाली संक्रमित छन् भन्ने यथार्थ जानकारी बटुल्न निकै कठिन हुने गरेको छ।” अमेरिकामा कोभिड–१९ संक्रमित कतिपय नेपालीको घरमै उपचार भइरहेको छ।

अमेरिकामा अहिलेसम्म एक जना नेपालीमुलका अमेरिकी र एक जना नेपाली नागरिक गरी दुई जनाको मृत्यु भइसकेको छ। पछिल्लो साता अमेरिकामा पाँच जना नेपालीको मृत्यु भए पनि त्यसमध्ये दुई जना मात्रै कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ।

दूतावासले मन्त्रालयलाई उपलब्ध गराएको विवरणमा भनिएको छ, “दुई जनाको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको बताइएको छ। तीन जनाको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन।

त्यसैगरी, बेलायतमा ३५ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको तथ्यांक परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ। बेलायतमा ६ जना नेपालीको मृत्यु भएको छ। ३० जना क्वारेन्टाइनमा छन् र १० जनाले स्वास्थ्य लाभ गरेका छन्।

जापानमा एक जना नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

यूएईमा ११ जना संक्रमित भएकोमा नौ जना उपचाररत छन् भने दुई जनाले स्वास्थ्य लाभ गरेका छन्।

कुबेतमा ४ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक रहेको कतारमा भने कति नेपाली कोभिड–१९ बाट संक्रमित छन् भन्ने जानकारी परराष्ट्र मन्त्रालयले आजसम्म पाउन सकेको छैन। त्यहाँको नेपाली दूतावासले उपलब्ध गराएको विवरणमा भनिएको छ, “संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमितहरूको समुदायगत जानकारी नगराउने कतारको नीति रहेकोले नेपालीहरूको यकिन जानकारी प्राप्त हुन सकेको छैन। केही संक्रमित वा क्वारेन्टाइनमा रहेका नेपालीसँग दूतावास सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य र सुधारोन्मुख रहेको छ।”

मलेसियामा अहिलेसम्म एक जना नपाली कोरोना संक्रमित भएका छन्। उनी अहिले अब्जरभेसनमा रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

अस्ट्रेलियामा ८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित छन्। त्यसमध्ये एक जनाले स्वास्थ्य लाभ गरेको त्यहाँको नेपाली दूतावासले बताएको छ।

बहराइनमा २२ जना नेपालीमा कोरोना संक्रमण भएको छ। आज मात्रै १० जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको विवरण परराष्ट्र मन्त्रालयमा आएको छ।

पोर्चुगलमा १२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने २१ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ।

स्वीट्जरल्याण्डमा ५ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। त्यसमध्ये तीन जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने दुई जना उपचार गराइरहेका छन्।

बेल्जियममा एक जना नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएकोमा उनी ठीक भइसकेका छन्।

हङकङमा एक जना नेपाली संक्रमित छन भने आठ जना क्वारेन्टाइनमा रहेका छन्।

माल्दिभ्समा रहेका नेपालीमध्ये पाँच जना क्वारेन्टाइनबाट फिर्ता भइसकेका छन भने दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ।

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूको बारेमा जानकारी लिनको लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूलाई हरेक दिन विवरण अपडेट गर्न भनेको छ।

" /> काठमाडौं।विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट आजसम्म संसारभर १६ लाख एक हजार १०६ जना संक्रमित भएका छन भने ९५ हजार ७०३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, ३ लाख ५७ हजार ९१२ जना आजसम्म यो रोगलाई जितेर फर्किएका छन्।

"> १८ देशमा रहेका १७३ नेपालीमा कोरोना भाइरस संक्रमण, ८ जनाको मृत्यु: Dekhapadhi
१८ देशमा रहेका १७३ नेपालीमा कोरोना भाइरस संक्रमण, ८ जनाको मृत्यु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्