जागिर नपाएर हैरान हुनुहुन्छ ?
केही व्यवसाय गर्ने सोचमा हुनुहुन्छ तर लगानी नपुगेर परेशान हुनुहुन्छ ?
नआत्तिनुस । सम्भावना तपाईंको वरिपरि खेलिरहेको हुन सक्छ ।
तपाईंकै पाखा पखेरा र परित्यक्त बारीहरु जीवनका नयाँ स्रोत बन्न सक्छन् ।
सोच्नुस् त, ती पाखा पखेरामा मौसमी फलफूलका बिरुवा लगाइदिए ?
फलफूल खेती गर्न पनि त पूँजी चाहिन्छ नि । बिना लगानी केही हुन्छ र ?
नआत्तिनुस् । अब सम्भावनाले लगानी बिना रोकिनु पर्दैन । फलफूल खेतीका लागि त झनै रोकिनु पर्दैन। सरकारले निजी क्षेत्रमा फलपूmल खेती विस्तार कार्यक्रम ल्याएको छ ।
तपाईंले आफ्नो व्यवसायिक योजना पेश गर्नुभयो र त्यो योजना पारित भयो भने सरकारले तपाईंको कूल लागतको आधा रकम अनुदानस्वरुप दिनेछ । अर्थात् तपाईंलाई एक लाख पूँजी चाहिएको छ भने ५० हजार रुपैयाँ सरकारले उपलब्ध गराउनेछ ।
राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुर यो कार्यक्रम ल्याउँदै छ ।
कसरी दिने निवेदन?
व्यवसायका लागि विभिन्न माध्यममार्फत् निवेदन दिन सकिन्छ । फर्म, कम्पनी, संस्था तथा कृषक समूह र सहकारीले निवेदन दिन सक्छन् । तर, फलफूल खेतीका लागि जग्गा पहिलो शर्त हो ।
यसका लागि न्यूनतम जग्गा १० हेक्टर हुुनुपर्ने शर्त राखिएको छ । अर्थात् पहाडी क्षेत्रमा दुई सय रोपनी र तराईमा कम्तीमा १५ विघा जग्गा हुनैपर्छ ।
त्यसरी तय गरिएको जग्गा फलफूल खेतीका लागि उपयुक्त स्थान हो भन्ने आशय समेटिएको कृषि ज्ञान केन्द्र वा स्थानीय तहको सिफारिस पत्र सहितको निवेदन दिनुपर्छ । यो सहितका आवश्यक कागजात समावेश गरी तोकिएको समयभित्र केन्द्रमा पठाउनुपर्ने छ ।
कसरी पाइन्छ अनुदान?
सबभन्दा पहिला अनुदानका लागि पेश गरेको प्रस्ताव अनुदान सिफारिस समितिले पारित गर्नुपर्छ । पारित भएमा फलफूलको विरूवामा सरकारी दर रेट अनुसार नै अनुदान पाइन्छ । जस्तै, एउटा बिरुवाको सरकारी मूल्य २० रुपैयाँ छ भने प्रतिबिरुवा १० रुपैयाँ अनुदान पाइन्छ ।
बिरुवा बाहेक सिचाई तथा कृषि मेसिन, औजार, उपकरण, मल लगायतमा भने स्थानीय दर रेटलाई आधार मानेर त्यसको आधा रकम अनुदान पाइन्छ ।
कहाँ लागू हुँदैछ, अनुदान कार्यक्रम ?
मुस्ताङ, कालीकोट लगायतका हिमाली जिल्लामा स्याउ खेतीका लागि अनुदान छुट्याइएको छ । रौतहट, सर्लाही र बारामा आँप खेतीका लागि अनुदान दिइने भएको छ ।
त्यस्तै झापा, गोरखा, दैलेख, अर्घाखाची, भोजपुर, तेह्रथुम, सुनसरी, कैलाली, नवलपरासी, सल्यान, गुल्मी, तनहुँ, पर्वत, बाग्लुङ, सिन्धुपाल्चोक लगायतका पहाडी जिल्लामा सुन्तला वा कागती खेतीका लागि अनुदान छुट्याइएको छ ।
जग्गा कसरी जुटाउने?
कार्यक्रम अनुसार फलफूल खेती गर्न कुल १० हेक्टर जग्गा एउटै प्लटमा आवश्यक पर्छ । जग्गा भाडामा लिने हो भने १५ वर्षसम्म भोगचलन गर्न पाउने कागज पेश गर्नु पर्नेछ । जग्गा एक जनाको मात्रै हुनुपर्छ भन्ने छैन । कृषकहरुले समूह गठन गरेर, सहकारी बनाएर वा शेयरबाट कम्पनी निर्माण गरेर पनि व्यवसाय शुरु गर्न सकिन्छ ।
राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरका कृषि प्रसार अधिकृत सरद पाण्डेका अनुसार युवाहरु मिलेर सहकारी वा कृषि समूह बनाएर पनि यो योजनामा जोडिन सकिन्छ ।
चिन्ता छैन बजारको
धेरैजसो कृषकको गुनासो नै बजारको अभाव हो । के फलफूलको बजार छ त ? कालिमाटी फलफूल बजारको एक तथ्याङ्क अनुसार गत बर्ष भारतबाट कागती मात्र २ अर्ब रूपैयाँ भन्दा बढीको आयात भएको छ । त्यो हामीले खपत गर्ने कूल कागतीको ९० प्रतिशत हो ।
त्यस्तै ६ करोड भन्दा बढी रुपैयाँको स्याउ आयात भएको छ । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा स्याउको आयातमा करिब २१ हजार मेट्रिक टनले वृद्धि भएको छ । हामीले नै उत्पादन ग¥यौं भने पक्कै पनि आयात गरिरहनुपर्ने छैन । त्यसो भए किन नगर्ने फलफूल खेती ? किन नहुने आत्मनिर्भर ?
" />जागिर नपाएर हैरान हुनुहुन्छ ?

">