प्रदेश १ मा हाटबजार, मेला र जमघट बन्द गरिने
विराटनगर। प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने तथा राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ।
आज बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको हो।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाई दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरूलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो।
साथै, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा. शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ।
समितिको सदस्यमा पंकज खतिवडा, डा. शैलेशमणी पोखरेल, डा. सूर्य पराजुली, डा. मोहन खड्का, डा. प्रेमप्रसाद आचार्य र डा. सुरेश मेहता रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्