काठमाडौं। सिंगो शहर नजाग्दै मैचा देउलाको बिहान शुरू भइसकेको हुन्छ। पाँच बजे बिहान त उनी काममा हिँडिसकेकी हुन्छिन्।
जाडो होस् वा गर्मी, उनको ‘रूटिन’ यही हो।
लकडाउन भनेर भयो र ? उनको काम रोकिएको छैन। एक दिन मात्र उनी लकडाउनमा बसिन् भने काठमाडौं दुर्गन्धित भइसक्छ।
पाँच बजे उनी बसन्तपुर दरबार क्षेत्र आसपास पुगिसक्छिन्। यो क्षेत्र सफा गर्ने जिम्मेवारी उनकै हो। सरसफाइ सकिसक्दा आठ बजिसकेको हुन्छ।
लकडाउनका कारण अचेल उनलाई केही सहज भएको छ। लकडाउनका कारण मानिसहरूले जथाभावी फोहोर फाल्न पाएका छैनन्। उनलाई सडक बढार्न सजिलो भएको छ। तर, उनलाई लकडाउनको भन्दा पनि काठमाडौंको फोहोरको चिन्ता हुन्छ। कसरी चाँडो सफा गर्ने भन्नेमै उनी लागिपर्छिन्।
“बिहान मानिसहरूको आवतजावत हुँदैन। त्यही बेला सफा गरेर चिटिक्क पार्नतिर लाग्छौँ”, देउला भन्छिन्।
रुद्रराम कारन्जितले पनि काठमाडौं महानगरको फोहोर बोक्ने गाडी चलाउन थालेको दश वर्ष भन्दा बढी भयो। लकडाउनमा पनि उनको काम भने रोकिएको छैन। काम गर्न भने केही सहज भएको छ।
“लकडाउनका कारण जथाभावी फोहोर फाल्ने क्रम रोकिएको छ। घरमा बस्नेहरूले आ–आफ्नो घरमा छेउमा राख्छन्। जसले गर्दा हामीलाई फोहोर संकलनमा सहज भएको छ”,उनले भने।
कोभिड–१९ को जोखिम अरुलाई जस्तै भएपनि काठमाडौंलाई सफा राख्नु आफ्नो पहिलो कर्तव्य भएको उनी बताउँछन्।
“लकडाउनको पालना गर्दै हामी घरमै बस्यौँ भने अर्को महामारीको जोखिम हुन्छ। बिहानै २/४ घण्टामा काम गरेर काठमाडौंलाई सफा गरेर अरुलाई पनि अन्य जोखिमबाट रोकेका छौँ”,उनले भने।
ओमबाहलकी ससिता देउलाले पनि काठमाडौंमा कुचो लगाउन थालको १० वर्ष बढी भयो। उनलाई पनि शान्त सडकमा काम गर्न त सहज भएको छ। तर, कतै रोग पो लाग्छ कि भन्ने डर भने उतिकै छ।
“हुन त हामी रोग पचाएर फोहोरसँग खेलेर बसेका छौँ। तर, औषधि नै पत्ता नलागेको रोगले महामारीको रूप लिइरहेकाले शान्त सडकमा काम गर्दा मन भने अशान्त भइरहन्छ”,उनले भनिन्।
क्लियर कट कम्पनीमार्फत् फोहोरको व्यवस्थापन गर्दै आएका चालक धिरज बस्नेतले काठमाडौं महानगरपालिकाले सुरक्षाका लागि पञ्जा, मास्क लगायतका सामग्री दिए पनि काम गर्नेहरूले लगाउन नमान्ने गरेको बताए।
“महानगरले त पञ्जा, मास्क लगायतका सामान दिएको छ। तर, साथीहरू हामी त फोहोरसँग खेलेर बसेका हामीलाई रोग लाग्दैन भन्दै लगाउन मान्दैनन्। कोही कोहीले भने लगाएर आउने गरेका छन्”, उनले भने।
टाढा टाढाबाट सरसफाइ गर्न आउनेहरूलाई केही असहज भइरहेको उनको भनाइ छ। तर, उनीहरूले असहजताका बावजुद आफ्नो काममा निरन्तर खटिरहेका छन्।
काठमाडौं महानगपालिकाले उनीहरूको स्वास्थ्य सुरक्षाका लागि अस्थायी पीपीई उपलब्ध गराउने तयारी गरेको छ।
महानगरले सरसफाइमा खटिने कामदारहरूलाई आवश्यक मास्क, पन्जा, स्यानिटाइजर आदि उपलब्ध गराएको छ। पीपीई पनि उपलब्ध गराउने तयारी भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
" /> काठमाडौं। सिंगो शहर नजाग्दै मैचा देउलाको बिहान शुरू भइसकेको हुन्छ। पाँच बजे बिहान त उनी काममा हिँडिसकेकी हुन्छिन्।जाडो होस् वा गर्मी, उनको ‘रूटिन’ यही हो।

">