काेभिड-१९ उपचार काेषमा युरोपस्थित नेपाली राजदूतहरूले एक महीनाको पारिश्रमिक जम्मा गर्ने
काठमाडाैं। युरोपका विभिन्न ९ देशमा रहेका नेपाली राजदूतहरूले एक महीनाको पारिश्रमिक नेपाल सरकारले स्थापना गरेको कोभिड-१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

आज भएको भिडिओ कन्फ्रेन्सका क्रममा ९ वटै राजदूतहरूले यस्ताे निर्णय गरेको डेनमार्कस्थित नेपाली राजदूत युवनाथ लम्सालले देखापढीलाई जानकारी दिए।

जर्मनीका राजदूत रमेश खनाल, डेनमार्कका युवनाथ लम्साल, बेल्जियमका लोकबहादुर थापा, अष्ट्रियाका प्रकाश सुवेदी, फ्रान्सका दीपक अधिकारी, स्वीजरल्याण्डका मणि भट्टराई, बेलायतका दुर्गाबहादुर सुवेदी, रसियाका ऋषि घिमिरे र स्पेनका राजदूत दावा शेर्पाले एक महीनाको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका हुन्।

युरोपपछि नेपालमा समेत कोरोना भाइरसको संक्रमण फैलिएपछि निरन्तररूपमा यसकाे रोकथाम र नियन्त्रणका विषयमा भिडिओ कन्फ्रेन्समार्फत् युरोपमा रहेका राजदूतहरूका बीचमा छलफल हुँदै आएको डेनमार्कस्थित नेपाली राजदूत लम्साल बताउँछन्। “युरोपमा नेपालीहरूको सुरक्षा र स्वास्थ्यप्रति हामी जति चिन्तित छौं, त्यत्तिकै सक्रियतापूर्वक दूतावासमार्फत् युरोपमा रहेका नेपालीहरूले दिन सकिने सेवा र आवश्यक सहयोग गरिरहेका छौं,” राजदूत लम्सालले भने, “नेपालसमेत यसको उच्च जोखिममा रहेकाले सरकारले स्थापना गरेको कोषमा सहयोग गर्नु दायित्व सम्झेर यो निर्णय गरेका हौं।”

राजदूत लम्सालले युरोपमा रहेका नेपालीहरूलाई कुनै समस्या परेका सम्बन्धित देशका दूतावासहरूमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्