काठमाडौं। प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजबाट जारी सूचनामा छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह उठ्न पुगेको बताएको छ।
२७ चैतमा प्रधानमन्त्री कार्यालयको ‘भोलि र पर्सि उपत्यका बाहिर जान पाउने’ व्यहोराको सूचना सम्प्रेषणमार्फत् भ्रम र अन्योल सिर्जना गरिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै काउन्सिलले आगामी दिनमा गम्भीरताकासाथ सजग हुन भनेको छ।
‘लकडाउनमा परेका सर्वसाधारणलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिनेसम्बन्धी निर्णय पोस्ट गर्दै, ताजा विवरण थप्दै र अन्तमा लेखिएका सबै सूचना डिलिट गर्दैै प्रधानमन्त्री कार्यालयबाट हिजो दिउँसो आधिकारिक फेसबुक पेजमार्फत् सूचना सम्प्रेषणमा कमिकमजोरी गरिएको भनी प्राप्त जनगुनासोका सम्बन्धमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई काउन्सिलले आज पठाएको पत्रमा भनिएको छ।
जसका कारण गलत समाचार सम्प्रेषण भई सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको काउन्सिलले बताएको छ।
‘विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला तहाँ कार्यालयको हिजोको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भैदिँदा जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको र आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको व्यहोरा अवगतै छ’, पत्रमा भनिएको छ।
यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने काउन्सिसले भनेको छ।
पढ्नुहोस्
प्रधानमन्त्री कार्यालय भन्छ- प्रदेश र स्थानीय सरकारले नमानेपछि निर्णय फिर्ता भयो
" /> काठमाडौं। प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजबाट जारी सूचनामा छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह उठ्न पुगेको बताएको छ।२७ चैतमा प्रधानमन्त्री कार्यालयको ‘भोलि र पर्सि उपत्यका बाहिर जान पाउने’ व्यहोराको सूचना सम्प्रेषणमार्फत् भ्रम र अन्योल सिर्जना गरिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै काउन्सिलले आगामी दिनमा गम्भीरताकासाथ सजग हुन भनेको छ।

">