सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड-१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताएका छन्।
मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा कोरोना भाइरसविरुद्धको लडाइँमा सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए।
“कोरोना भाइरस प्रतिकार्य विश्वव्यापी साझा मुद्दा हो र यसमा नागरिकदेखि सबै क्षेत्र, तह तप्काको उत्तिकै दायित्व छ”, उनले भने, “त्यसैले यसको प्रतिकार्य तथा रोकथामका लागि सरकार, जनप्रतिनिधि र राजनीतिक दलको एकीकृत कार्यदल गठन हुन आवश्यक छ।”
उनले जिल्लामा समन्वय समितिको प्रमुख र नगर तथा गाउँपालिकामा प्रमुख/अध्यक्षको संयोजकत्वमा संयन्त्र निर्माण गरी आपसी समन्वय र सहकार्यबाट कर्णालीलाई कोरोना भाइरसबाट सुरक्षित राख्ने योजना प्रभावकारी बनाउन दलसँगको बैठक बोलाइएको बताए। कोरोना भाइरसबाट प्रभाव हुन नदिन शुरूमा कर्णाली प्रदेशले लकडाउन शुरू गरेको बताउँदै हाल अलपत्र परेका, मजदुर र वृद्धको राहत तथा उद्धार कसरी गर्ने भन्नेमा सरकार केन्द्रित रहेको जनाए।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसहकारीमन्त्री हृदयराम थानीले कोरोना भाइसर प्रतिकार्य तथा रोकथाममा कर्णाली सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको टिप्पणी गरे। “यो लडाइँमा हामी पनि छौँ”, पूर्वमन्त्री थानीले भने, “सरकारले सहयोग मागे नेपाली कांग्रेस फिल्डमै आउन तयार छ।”
उनले सिमानामा रहेका कर्णालीका नागरिकलाई सकेसम्म कर्णालीमै पुर्याएर व्यवस्थापन तथा जुम्ला, सुर्खेत र चौरजहारीमा कोरोना भाइरस परीक्षणको उपयुक्त ल्याब स्थापना गर्न सुझाए। रासस
" /> सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड-१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताएका छन्।मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा कोरोना भाइरसविरुद्धको लडाइँमा सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए।

">