कोभिड-१९का कारण बेलायतमा आजसम्मकै धेरैको निधन

काठमाडौं। आजको दिन बेलायतमा कोभिड-१९ महामारीका कारण निधन हुनेको संख्या आजसम्मकै सबैभन्दा धेरै पुगेको छ। संयुक्त अधिराज्य बेलायतका चारै राष्ट्रमा गरि आजमात्रै ९५३ जनाको निधन भएको छ। यससँगै यो महामारीका कारण बेलायतमा निधन हुनेको संख्या नौ हजार १६ पुगेको छ।

शुक्रबारमात्रै इंग्ल्याण्डमा ८६६ जनाको निधन भएको छ। त्यहाँ कोभिड-१९ का कारण निधन हुनेको संख्या आठ हजार ११४ पुगेको छ। स्कटल्याण्डमा शुक्रबार ४८ जनाको निधन भएसँगै त्यहाँ मृतकहरूको संख्या ४९५ पुगेको छ। वेल्समा २९ जनाको निधन भएसँगै निधन हुनेहरूको संख्या ३१५ जना पुगेको छ। उत्तरी आयरल्याण्डमा १० जनाको निधन भएसँगै त्यहाँ मृतकको संख्या ९२ पुगेको छ।

एकैदिन धेरैको मृत्यु भएको यो दोस्रो ठूलो रेकर्ड हो। दुई हप्ता अघि इटालीमा एकै दिनमा ९७१ जनाको निधन भएको थियो।

युरोपका धेरै देशमा महामारीले उच्च विन्दु नाघिसकेको छ। तर बेलायतमा भने अझै दुई हप्ता महामारीबाट संक्रमित हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

तथ्यांकहरूले बेलायतको मध्यभागमा महामारीको बढी असर परेको देखाउँछन् जहाँ संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १२४ बाट २२९ पुगेको छ। लण्डनमा सबैभन्दा बढी क्षति भएको छ। लणड्नमा मात्रै २४९ जनाको निधन भएको छ। - द गार्जियनबाट

प्रतिक्रिया दिनुहोस्