विराटनगर। यहाँस्थित कोशी अस्पतालबाट पनि कोभिड–१९ परीक्षण शुरू गरिएको छ।
योसँगै अब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल गरी प्रदेश १ मा दुई वटा प्रयोगशाला संचालनमा आएको छ।
विराटनगरको कोशी अस्पतालमा राखिएको उपकरणले दैनिक ९६ जनाको नमूना परीक्षण गर्न सकिने बताइएको छ।
हिजो, २८ चैतमा मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गरेका छन्।
पहिलो चरणमा विराटनगरको प्रयोगशालामा क्वारेन्टाइनमा रहेकाहरूको र्यापिड टेष्ट शुरू गरिने मुख्यमन्त्री राईले बताए।
यस प्रदेशमा १८० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएकोमा परीक्षण सकिएका १५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
" /> विराटनगर। यहाँस्थित कोशी अस्पतालबाट पनि कोभिड–१९ परीक्षण शुरू गरिएको छ।

">