म्याद गुज्रिएका सामान बेच्‍नेलाई तीन लाख र बढी मुल्य लिने पसललाई दुई लाख जरिवाना
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक मासु पसल र दुई किराना पसललाई कारवाही गरेको छ।
म्याद गुज्रिएका र बढी मुल्यमा बिक्री गर्ने ती पसललाई जरिवाना गरिएको हो।
विभागका निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई दुई लाख जरिवाना तिराइएको छ।
त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको पाइएपछि तीन लाख जरिवाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि दुई लाख जरिवाना गरिएको छ।
अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको पोखरेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्