हतारमा लकडाउन हटाउनु घातक हुने विश्‍व स्वास्थ्य संगठनको चेतावनी <p>जेनेभा। कोभिड-१९ बाट मानिसलाई बचाउन विश्&zwj;वभर लगाइएको लकडाउन हतारमा हटाउने कदम घातक बन्ने चेतावनी विश्&zwj;व स्वास्थ्य संगठनले दिएको छ।</p> <p>त्यस्तो कदमबाट कोरोना भाइरसका संक्रमित र मृतकको संख्या तीव्र रूपमा बढ्ने चेतावनी पनि संगठनले दिएको छ।</p> <p>बीबीसीका अनुसार संगठनका महानिर्देशक टेड्रोस अदानम गिब्रियेससले सबै मुलुकले लकडाउन हटाउनेबारेमा सतर्कता अपनाउनुपर्ने बताए। कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित इटाली र स्पेनले लकडाउन खुकुलो बनाउँदै लगेकामा उनले असन्तुष्टी जनाए।</p> <p>&lsquo;संसारभरका सरकारहरूसँग लकडाउनको अवरोध कम गर्दै लैजाने रणनीतिमाथि काम गरिरहेका छौं,&rsquo; उनले संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, &lsquo;तर, कुनै पनि हतारोले यस महामारीलाई अझ फैलिन र ठूलो संख्यामा मानिसको मृत्यु गराउन सहयोगी भूमिका निर्वाह गर्न सक्छ।&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्