प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईको मुटुमा समस्या भएपछि अस्पताल भर्ना
<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।</p>
<p>उनलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको हो । उनको मुटुको एउटा धमनी बन्द भएकाले शल्यक्रियामार्फत खोलिसकिएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।</p>
<p>‘उहाँ खतरामुक्त हुनु हुन्छ र स्वास्थ्यलाभ गरिरहनुभएको छ,’ रिमालले देखापढीसँग भने । </p>
<p>प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटमार्फत दिएको जानकारीअनुसार एक्युट इन्फेरिअर वाल एमआईका कारण डा. भट्टराईको राइट कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्