वुहानमा शुरु भयो खेती
<p>वुहान। कोरोना भाइरस संक्रमण (कोभिड-१९) को उद्‍गमस्थल चीनको वुहान शहर आसपासका खेतीयोग्य जमिनमा कृषि कार्य शुरु भएको छ।</p>
<p>७ अप्रिलदेखि वुहानमा लगाइएको लकडाउन हटाइएको छ। विस्तारै जनजीवन सामान्य बन्दै गएको छ। वुहानबाट चीनभर जाने रेल यातायात पनि खुला भइसकेको छ।</p>
<p>स्थानीय दुई सय ७७ वटा कृषि फर्महरू हिजोदेखि सञ्चालनमा आएका छन्। यस्तै, दुई सय ६२ मध्ये दुई सय ६० वटा पशुपालन फर्म पनि खुलिसकेका छन्।</p>
<p>ग्लोबल टाइम्सका अनुसार ९० वटा मत्स्यपालन व्यवसाय पनि सञ्चालनमा आएको स्थानीय अधिकारीहरूले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्