नेकपा प्रवक्ता श्रेष्ठले भने- ‘सांसद विकास कोषको रकम कोभिड-१९ कोषमा राख्नुपर्छ’
<p>काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोभिड १९ कोषमा राख्नुपर्ने धारणा राखेका छन्।</p>
<p>शनिबार ट्विट गर्दै नेता श्रेष्ठले सांसद विकास कोष आवश्यक मात्र होइन अनुचित रहेको भन्दै अबदेखि यो शीर्षकमा बजेट नराख्न सुझाएका छन्।</p>
<p>अहिलेको संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राख्नु उपयुक्त हुने बताएका हुन्। यो सही निर्णय हुने र छिट्टै गरिहाल्नुपर्ने धारणा राखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्