काठमाडौंका मेयरको टोलीले खुवायो वन्यजन्तु र चराचुरुंगीलाई खाना
<p>काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोली शनिबार बिहान पशुपतिनाथलगायत धार्मिकस्थल भ्रमणमा निस्कियो। </p>
<p>टोलीले बौद्ध, स्वयम्भू र पशुपतिनाथ क्षेत्र आसपासका वन्यजन्तुलाई खाना तथा चराचुरुंगीलाई चारो खुवायो । त्यसक्रममा टोलीले धार्मिक स्ठलहरूमा रहेका जनावरलाई खुवाउने खाद्यान्‍नको अवस्थाबारे पनि जानकारी लियो ।</p>
<p>आफूहरूले कुकुर, बाँदर, परेवा र कागलाई खाना खुवाएको मेयर शाक्यले जानकारी दिए।</p>
<p>टोलीमा मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायत सहभागी थिए।</p>
प्रतिक्रिया दिनुहोस्