उपत्यकामा आज बिहान १० बजेसम्म लकडाउन उल्लंघन गर्ने १९७ सवारीसाधन नियन्त्रण

काठमाडौं। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १९७ सवारीसाधन नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान १० बजेसम्म ती सवारीसाधन कारवाहीमा परेका हुन्।

नियन्त्रणमा लिइएकामा ८ वटा चार पांग्रे र १८९ वटा दुई पांग्रे सवारी छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा र रातमा विभिन्‍न स्थामा चेकप्वाइन्ट राखि सवारी साधनहरू चेकजाँच गर्दै आएको छ।

भित्री क्षेत्रको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाइएको छ।

लकडाउनमा अटेर गर्दै कामबिना बाहिर निस्कनेहरूको सवारी साधन दिनभर नियन्त्रणमा लिएर बेलुका छाड्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्