लिभरपुल लिजेन्ड डाल्ग्लिस कोरोना भाइरस संक्रमित

काठमाडौं। लिभरपुलका महान खेलाडी सर केनी डाल्ग्लिसमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

डाल्ग्लिस अहिले अस्पतालमा छन्। तथापी डाल्ग्लिसको परिवारले उनमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको बताएका छन्।

डाल्ग्लिस चार दिनअघि संक्रमणका काराण अस्पताल भर्ना भएका थिए।

जसका लागि ‘इन्ट्राभेनस एन्टिबायोटिक’ आवश्यक पर्छ। अस्पताल भर्ना भएपछि ६९ वर्षे सेन्टिक तथा स्कटल्यान्डका फरवार्ड डाल्ग्लिसको बारम्बार कोरोना भाइरस परिक्षण गरिएको थियो।

‘‘आश्चर्यजनक रूपमा परिक्षणको नतिजा पोजेटिभ देखियो तर उनमा अझै पनि कुनै लक्षण देखिएको छैन,’’ डाल्ग्लिसको परिवारले भनेका छन्।

डाल्ग्लिसले सेन्टिकमा हुदाँ चार पटक स्कटल्यान्डको लिग उपाधि जितेका थिए।

उनी १९७७ मा लिभरपुलसँग अनुबन्ध भएका थिए। लिभरपुलबाट उनले आठ लिग च्याम्पियनसिप तथा प्रशिक्षकका रुपमा तीन युरोपियन कपको उपाधि जितेका थिए।

उनले १९९५ को ब्लाकबर्न रोभर्सको प्रशिक्षकका रुपमा प्रिमियर लिगको उपाधि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्