भारतमा लकडाउन लम्ब्याउने पक्षमा मुख्यमन्त्रीहरू
नयाँदिल्ली । कोभिड–१९ फैलिन नदिन लकडाउनको अवधि अझ बढाउन भारतका मुख्यमन्त्रीहरूले केन्द्र सरकारसँग माग गरेका छन् ।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्समा बोल्दै उनीहरूले लकडाउनको समय थप्नुपर्ने बताएका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ३० अप्रिलसम्म लकडाउन बढाउनुपर्ने बताए ।

यस्तै, पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पनि केजरीवालको भनाइप्रति समर्थन जनाए । पञ्जाब प्रदेश सरकारले आगामी १ मेसम्म लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्