धनगढीमा कोभिड-१९ परीक्षण उपकरण जडान सकेर आजैदेखि परीक्षण
कैलाली । कोरोना भाइरसको नमूना परीक्षणका लागि धनगढीमा पठाइएको उपकरण जडानको काम भइरहेको छ । सम्भवत: आजैदेखि परीक्षण थालिने बताइएको छ ।

संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाइ भइरहेका बेला थप सामग्री ल्याएर जडानको काम भएरहेको मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले बताए ।

थप सामग्री शनिबार नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएपछि जडानको काम भइरहेको उनले जानकारी दिए ।

केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाले गत बुधबार  धनगढीमा कोरोना परीक्षणलाई तीव्रता दिन पठाएको आरटीपीसीआर मेसिन थप उपकरण नभएर जडानमा ढिलाइ भइरहेको समाचार आएको थियो ।

मोलिकुलर माइक्रोबायोलोजिस्ट लेखकले पनि जडानको काम सकेर आजदेखि परिक्षणको काम थालिने बताए। यसअघि प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामग्री खरिद गर्न नसक्दा जडान रोकिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्