काठमाडौं। छिमेकी भारतको विहार राज्यसँग जोडिएका प्रदेश २ का जिल्लामा भारतबाट लुकिछिपी प्रवेश गर्ने क्रम अहिले पनि पूर्णतः रोकिएको छैन। सरकारले लकडाउन घोषणा गरेपछि प्रदेश २ का १०९ वटा सीमा नाका पूर्णरूपमा बन्द गरिए पनि कैयौं व्यक्ति लुकिछिपी प्रवेश गरिरहेका छन्।
२७ चैतमा मात्र सर्लाहीको मलंगवास्थित सुनवर्सा नाकाबाट १९४ जनाको संख्यामा लुकिछिपी नेपाल प्रवेश गर्न खोज्ने समूहलाई सुरक्षाकर्मीले रोकेका थिए। भारतमा श्रम गर्न गएका उनीहरू सर्लाहीको चन्द्रनगर गाउँपालिकाका हुन्। तीमध्ये २७ जनालाई भारततर्फ क्वारेन्टाइनमा राखिएको छ।
प्रदेश २ का आठवटा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध भएको आँकडाअनुसार एक महीनायता ३५ सय भन्दा बढी संख्यामा भारतबाट भित्रिएका छन्। सप्तरी जिल्लामा ४८७ जना भारतबाट भित्रिएका छन्। सिरहामा ६०८ जना, धनुषामा २७ चैतसम्म ७७३ जना, महोत्तरीमा ८०७ जना, सर्लाहीमा २६८ जना, रौतहटमा १९७ जना, बारामा ४५ जना र पर्सामा ३३९ जना भारतबाट भित्रिएका छन्।
यसरी भारतबाट आउनेहरूकै कारण जोखिम बढिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला बताउँछन्। भन्छन्, “सीमा नाका पूर्णरूपमा बन्द गरे पनि लुकिछिपी अन्य वैकल्पिक मार्ग प्रयोग गरेर भित्रिरहेका छन्, यसको रेकर्ड राख्न वडाहरूलाई भनेका छौं।”
भारतबाट लुकिछिपी प्रवेश गर्नेहरूबाट जोखिम बढेपछि प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले नियमित प्रेस ब्रिफिङमा भने, “भारतबाट आएका मानिसहरूबाट सजग हुन र भारतबाट आएको थाहा पाए सम्बन्धित निकायलाई जानकारी गराउन स्थानीयवासीमा अनुरोध छ।”
त्यसरी भारतबाट प्रवेश गर्नेहरूको स्वाब संकलन नगर्दा पनि चुनौती बढेको हो। भारतबाट भित्रिएकाहरूलाई थाहा पाएसम्म स्थानीय तहको क्वारेन्टाइनमा राख्ने र १४ दिन पुगेपछि फर्काइदिने गरिएको छ। कतिपय स्थानीय तहमा क्वारेन्टाइनमा बसिरहेकाहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने गरिए पनि अधिकांशलाई समय पुगेपछि स्वाब संकलनबिना नै घर पठाइएको छ।
यसको एउटा उदाहरण सिराहाको कर्जन्हा नगरपालिकास्थित क्वारेन्टाइन हो। त्यो क्वारेन्टाइनमा भारतबाट फर्किएका सातजनालाई राखिएको थियो। “उनीहरूको क्वारेन्टाइन अवधि सकिएको थियो, कुनै लक्षण नदेखिएपछि स्वाब नलिइकनै घर पठायौं”, नगरपालिकाका एक कर्मचारीले बताए।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे सीमा नाकामा थप कडाइ नगरिए प्रदेश २ मा भयावह स्थिति सिर्जना हुने चेतावनी दिन्छन्। “भारत र नेपालबीच खुला सीमाना छ। खेतसँग खेत, पुलसँग पुल र गाउँसँग गाउँ जोडिएको छ। त्यसैले प्रदेश २ सरकारले सीमा नाकामा मात्र नभई स्थानीय तहमै सुरक्षा गस्ती परिचालन गर्ने बेला आएको छ”, डा. पाण्डे भन्छन्।
भारतको बिहार र उत्तर प्रदेशमा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको जनस्वास्थ्य विज्ञ डा. पाण्डे बताउँछन्। हरेक स्थानीय तहमा जनचेतना फैलाउने, भारतबाट आएका मानिसबारे सुरक्षा निकायमा जानकारी गराउने र सुरक्षा गस्ती बढाउन प्रदेश २ सरकारलाई उनले सुझाव समेत दिए।
प्रदेश २ मा २८ चैतसम्म २५४ वटा मात्र स्वाब संकलन गरिएको छ, जसमध्ये नतिजा आउन बाँकी १३५ छ। ११९ जनाको नतिजा आएकोमा सबैको रिपोर्ट नेगेटिभ छ। अहिलेसम्म पोजिटिभ केस देखिएको छैन। हाल क्वारेन्टाइनमा ९९० जना बसेका छन्। प्रदेश २ मा मात्रै १४६ क्वारेन्टाइन छन्। ती सबैको बेड क्षमता तीन हजार ८७ छ। एक हजार ३९८ जना होम क्वारेन्टाइनमा बसेका छन्। आइसोलेसन बेड क्षमता २०८ रहेकामा अहिले सातजना मात्र आइसोलेसनमा बसिरहेका छन्।
कमजोर तयारी
संघीय सरकारले कोभिड-१९ को उपचारका लागि प्रदेश २ का दुईवटा अस्पताल, जनकपुर प्रादेशिक अस्पताल र बारा अस्पताललाई विशेष अस्पताल तोकेको छ।
प्रदेश २ सरकारले जनकपुर, वीरगंज र राजविराजमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर, अहिले जनकपुर प्रयोगशालामा मात्र परीक्षण भइरहेको छ। अब आउने पीसीआर वीरगंज र राजविराजमा राख्ने गरि प्रवन्ध मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
२७ चैतमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय समन्वय समितिको बैठकले पर्साको पोखरीया, महोत्तरीको जलेश्वर, धनुषाको डुमरीया र सप्तरीको भारदह अस्पताललाई स्तरोन्नति गरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न प्रयोग गर्ने निर्णय गरेको छ। प्रदेशभित्र रहेका सबै सरकारी अस्पतालको क्षमता विकास गरी स्रोतसाधन उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ।
सरकारले अस्पतालहरूलाई स्तरोन्नति गर्ने निर्णयहरू गरिरहँदा उपलब्ध अस्पतालहरूको अवस्था भने बिजोग छ। जनकपुरस्थित प्रादेशिक अस्पतालको अवस्था लथालिङ्ग छ। प्रादेशिक अस्पताल पनि स्वास्थ्य सामग्रीको अभावसँग जुधिरहेछ। कोरोना भाइरस संक्रमितको उपचारका लागि तोकिएको अस्पतालले सरकारबाट पर्याप्त सहयोग पाएको छैन।
२८ चैत हिजो बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को नियन्त्रण रोकथाम तथा उपचारमा कार्यमा संलग्न कर्मचारी, सरकारी/गैरसरकारी, निजी संस्थाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीदेखि एम्बुलेन्स चालकसम्मलाई कोभिड-१९ को कारण मृत्यु भएमा उसको परिवारलाई ५० लाख दिने निर्णय गरेको छ।
जनकपुर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका अनुसार अहिलेसम्म एन-९५ मास्क पनि उपलब्ध गराइएको छैन। केन्द्र सरकारले उपलब्ध गराएको पीपीई १५० सेट र स्वास्थ्यकर्मीले लगाउने केही सेट गाउन छ।
डा. यादव भन्छन्, “देशैभरिका अस्पताललाई स्वास्थ्य सामग्रीको अभाव छ, बजारमै पीपीई छैन, सरकारले आफ्नो ठाउँबाट तयारी गर्दैछ, हामी पनि आफ्नो स्रोतबाट सामग्री मगाइरहेका छौं।”
यसअघि बिरामीको उपचारमा लापरबाही गर्ने प्रदेश २ का निजी अस्पताल तथा नर्सिङ होमको दर्ता खारेज गर्न प्रदेश २ सरकारले निर्देशन दिएको थियो।
यस्तो छ, प्रदेश २ का आठ जिल्लाको तयारीः
सप्तरी
क्वारेन्टाइन संख्या- ३१
क्वारेन्टाइन बेड क्षमता- ५८७
क्वारेन्टाइनमा बसेकाको संख्या- २४९
होम क्वारेन्टाइनमा बसेका- २१५
आइसोलेसन बेड क्षमता- ९
सिरहा
क्वारेन्टाइन संख्या- १७
क्वारेन्टाइन बेड क्षमता- २४६
क्वारेन्टाइनमा बसेकाको संख्या- १३८
होम क्वारेन्टाइनमा बसेका- ७९
आइसोलेसन बेड क्षमता- ४०
धनुषा
क्वारेन्टाइन संख्या- १७
क्वारेन्टाइन बेड क्षमता- ३६२
क्वारेन्टाइनमा बसेकाको संख्या- ९२
होम क्वारेन्टाइनमा बसेका- ६२
आइसोलेसन बेड क्षमता- १२
महोत्तरी
क्वारेन्टाइन संख्या- १७
क्वारेन्टाइन बेड क्षमता- ३२६
क्वारेन्टाइनमा बसेकाको संख्या- ७१
होम क्वारेन्टाइनमा बसेका- ८०३
आइसोलेसन बेड क्षमता- २६
सर्लाही
क्वारेन्टाइन संख्या- २०
क्वारेन्टाइन बेड क्षमता- ५५५
क्वारेन्टाइनमा बसेकाको संख्या- २३३
होम क्वारेन्टाइनमा बसेका- ७२
आइसोलेसन बेड क्षमता- ३०
रौतहट
क्वारेन्टाइन संख्या- १६
क्वारेन्टाइन बेड क्षमता- ५५५
क्वारेन्टाइनमा बसेकाको संख्या- २३३
होम क्वारेन्टाइनमा बसेका- ७२
आइसोलेसन बेड क्षमता- ३०
बारा
क्वारेन्टाइन संख्या- १४
क्वारेन्टाइन बेड क्षमता- ४०४
क्वारेन्टाइनमा बसेकाको संख्या- ६२
होम क्वारेन्टाइनमा बसेका- ५७
आइसोलेसन बेड क्षमता- ४८
पर्सा
क्वारेन्टाइन संख्या- १४
क्वारेन्टाइन बेड क्षमता- २८६
क्वारेन्टाइनमा बसेकाको संख्या- ८४
होम क्वारेन्टाइनमा बसेका- ६०
आइसोलेसन बेड क्षमता- २८