काठमाडौं। देश लकडाउन भयो। मानिसहरू घरभित्रै बसे। उनीहरूलाई आफ्नै रोजीरोटी र स्वास्थ्यको धेरै चिन्ता भयो। तर, सडक, मठमन्दिर र पर्यटकीय क्षेत्रहरूमा रहँदै आएका पशुपंक्षीलाई कसलाई हेर्ने ?
मानिस आफैंले आजभोलि दैनिक उपभोग्य वस्तुको जोहोसमेत गर्न सकिरहेको छैन। सरकारी तथा गैरसरकारी संघसंस्था पनि रोगको नियन्त्रण, रोकथाम र पीडित जनतालाई राहत वितरण गर्नमै जुटेका छन्। यसबेला केही व्यक्ति र पशु कल्याणकारी संघसंस्था बाहेक कसैले पशुपंक्षीहरूको समस्या बुझेको देखिदैन।
यसैबीच, नेपाल स्काउटले भने लकडाउनका कारणले भोका रहेका पशुपंक्षीलाई दाना खुवाउने अभियान शुरू गरेको छ। अभियान आज छैटौँ दिनमा पुग्यो।
रुटिन अफ नेपाल बन्द लगायतका विभिन्न संस्था र व्यक्तिको ससानो सहयोगमा गत हप्ताबाट शुरू भएको यो अभियानमा हालसम्म उपत्यकाका हजारौँ बाँदर, कुकुर, गाई, चराचुरुंगी र माछाले आहारा पाएको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई बताउँछन्।
भट्टराईका अनुसार लकडाउनको १८औं दिनसम्म आइपुग्दा नेपाल स्काउटले उपत्यकाको चक्रपथ, बालुवाटार, भाटभटेनी, ज्ञानेश्वर, कमलादी, भद्रकाली, हनुमानढोका दरबार क्षेत्र, दुवाकोट भक्तपुरमा थानमा पशुपंक्षीलाई मासु, बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायतका आहार दिएको छ।
यसैगरी, थली, जोरपाटी, बौद्ध, चाबहिल, थापाथली, पशुपति, स्वयम्भुनाथ, कलंकी, सातदोबाटो, कोटेश्वर, लगनखेल, पाटन, खोकना, बुन्ग्मति, चोभार लगायतका स्थानमा समेत पशुपंक्षीलाई सोही आहार वितरण गरिएको स्काउटले जनाएको छ।
स्काउटले पशुपंक्षीलाई मात्र नभई सडकमा अलपत्र परेका मजदुरलाई पनि खाद्यान्न, मास्क र नगद सहयोग गरेको छ। स्काउटले लकडाउनअवधिभर यो अभियान जारी राखिने स्काउटका निर्देशक भट्टराईले बताए।
" /> काठमाडौं। देश लकडाउन भयो। मानिसहरू घरभित्रै बसे। उनीहरूलाई आफ्नै रोजीरोटी र स्वास्थ्यको धेरै चिन्ता भयो। तर, सडक, मठमन्दिर र पर्यटकीय क्षेत्रहरूमा रहँदै आएका पशुपंक्षीलाई कसलाई हेर्ने ?

">