वीर र शुक्रराज अस्पतालमा पनि काेभिड-१९ परीक्षण
<p>काठमाडौं। सरकारले आजदेखि वीर अस्पतालमा पनि काेभिड-१९ काे परीक्षण शुरू गरेको छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि वीर अस्पतालमा नमूना परीक्षण थालिएको जानकारी दिएको छ।</p>
<p>नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउने क्रममा काठमाडौं उपत्यकामा पनि परीक्षण शुरू गरिएको बताए।</p>
<p>उनका अनुसार भोलि, ३० चैतदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालमा पनि परीक्षण शुरू गरिनेछ।</p>
प्रतिक्रिया दिनुहोस्