मनाङको एक मात्र क्वारेन्टाइनमा स्वास्थ्य सामग्री अभाव
मनाङ। कोभिड–१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ।

स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। जिल्लामा हालसम्म भारतबाट फर्किएका एकजना मात्रै क्वारेन्टाइनमा छन्।

९ चैतमा घर फर्किएका भारत बोर्लाङमा अध्ययनरत विद्यार्थी क्वारेन्टाइनमा बसेको मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङले जानकारी दिए।

ती विद्यार्थीलाई हाल क्वारेन्टाइनमा राखिएको र थ्रोट स्वाब परीक्षणका लागि गण्डकी प्रदेशस्थित् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।

मनाङमा यसभन्दाअघि चारजनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए।

“दुबई, कतार, साउदी अरेबियाबाट फर्किनुभएका नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउँदा सामान्य रहेपश्चात् घर फर्किसक्नुभएको छ”, उनले भने।

जिल्लामा रहेका विदेशी नागरिकको स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको प्रजिअ पौडेलले बताए।

“अहिलेसम्म पनि औषधि र उपकरण आइपुगेको छैन, तर मनाङ ङिस्याङवासीका लागि स्वास्थ्यप्रति सचेत हुँदै स्वास्थ्यकर्मीहरू औषधि र उपकरणबिना नै भए पनि खटिनुभएको छ”, गाउँपालिका अध्यक्ष लोकन्द्रबहादुर घलेले भने, “औषधि र उपकरण चाँडै आइपुगे ढुक्क हुने थियो।”

जिल्लामा विदेशबाट आउने नागरिकको सङ्ख्या भने कम रहेको छ । नवीन लामिछाने/रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्