दैलेखमा वडास्तरमै सुपथ मूल्य पसल <p>दैलेख। गुराँस गाउँपालिकाले कामदार, मजदुर, गरीब र विपन्न समुदायको राहतका लागि वडास्तरमै सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।</p> <p>खाद्य पदार्थ महँगोमा खरिद गर्नुपर्ने बाध्यता भएको गुनासो बढेपछि ९ वटै वडामा यस्तो तयारी थालिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए।</p> <p>सुपथ मूल्य पसल सञ्चालन गरेर बजारको दरभन्दा कम मूल्यमा खाद्यान्न वितरण गर्ने र वडासम्मको ढुवानी खर्च पालिकाले बेहोर्ने गरी काम शुरू गरिएको ओलीकाे भनाइ छ।</p> <p>खाद्यान्न व्यवस्थापनका लागि सामग्री लिनेहरूलाई पनि समय निर्धारण गरिने र दूरी कायम गरेर सुरक्षितरूपमा खाद्यान्न वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ। हरेक वडामा १०० बोरा चामल, दुई क्विन्टल दाल, पाँच पेटी तेललगायत सामान पठाउने तयारी भएको गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्