धनगढीमा जोडियो एकैपटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेशिन

कैलाली। कैलालीमा कोरोना भाइरस संक्रमणको एकैपटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेशिन जडानको काम सकिएको छ।

२६ चैतमा धनगढी पुगेको उक्त मेशिन पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा जडान गरिएसँगै आज साँझदेखि सञ्चालनमा आएको हो।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रहेको धेरैजनाको एकै पटक कोभिड १९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेशिन सुदूरपश्चिम पठाएको हो।

मेशिनले तीन घण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले बताए।

आरटीपीसीआर मेशिन सञ्चालनमा आएसँगै कैलाली र कञ्चनपुर लगायतका सुदूरपश्चिमका विभिन्न जिल्लाबाट संकलित थ्रोट स्वाबको आज साँझदेखि धनगढीबाटै परीक्षण हुने लेखकले बताए।

प्रतिक्रिया दिनुहोस्