क्यानडामा हुने भनिएकाे वर्ल्ड मास्टर्स एथलेटिक्स स्थगित

काठमाडौं। कोभिड-१९ महामारीका कारण क्यानडामा हुने भनिएको वर्ल्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिप टोरोन्टो २०२० स्थगित भएको छ।

कोभिड-१९ कारण ओलम्पिकलगायत सबै ठूला प्रतियोगिता स्थगित भइसकेका छन्।

कोभिड-१९ कै कारण स्थगित हुने यो पछिल्लो ठूलो प्रतियोगिता बनेको छ। प्रतियोगिता २०२० को २० जुलाईदेखि १ अगष्टसम्म टोरोन्टोमा आयोजना हुने भनिएको थियो।

प्रतियोगिताको आयोजक कमिटी र वर्ल्ड मास्टर्स एथलेटिक्स काउन्सिलले प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो।

‘‘खेलाडी, कर्मचारी, स्वयंसेवक, अफिसियल तथा खेलसँग सम्बन्धित सबैको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएकाले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको छ’’, आयोजक कमिटीले भनेको छ।

महामारीको जोखिम समाप्त भएपछि मात्र प्रतियोगिता गर्न सम्भव भएको बताइएको छ। सम्भवत प्रतियोगिता अर्को वर्ष गर्ने तर्फ आयोजक कमिटीले विचार गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्