काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई सेट हस्तान्तरण गरेका छन्।
सरकारको सुदूरपश्चिम समन्वयको जिम्मेवारी पाएकी खानेपानी मन्त्री बीना मगरलाई आज राज्यमन्त्री मानन्धरले २०० थान पीपीई सेट हस्तान्तरण गरेका हुन्।
नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घको सहयोगमा उक्त पीपीई सेट हस्तान्तरण गरिएको हो। पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले भने, “विपद्का समयमा सरकार जनताका साथमा छ र सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नु आवश्यक छ।”
मन्त्री मगरले कोरोनाको उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइन्। मन्त्री मगरले सुदूरपश्चिम कोरोना सङ्कटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिइन्
पशुपतिमा रहेको क्वारेन्टाइनको अवलोकन
कोभिड– १९ का शङ्कास्पद व्यक्तिलाई राख्न बनाइएको क्वारेन्टाइन स्थलको अवस्थाबारे सरकारले अनुगमन थालेको छ।
स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेका बारे सरकारले स्थलगत अनुगमन तथा सहजीकरण आजदेखि शुरू गरेको हो। पशुपतिको धर्मशालामा निर्मित क्वारेन्टाइनको शहरी विकास राज्यमन्त्री मानन्धरले अनुगमन गरे।
विदेशबाट आएका व्यक्ति तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सरकारले बनाएको ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार’ मापदण्ड पूरा भए नभएकोबारे जानकारी लिन स्थलगत अनुगमन शुरू गरिएको राज्यमन्त्री मानन्धरले जानकारी दिए।
पशुपतिको धर्मशालामा क्वारेन्टाइन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले बताए। क्वारेन्टाइनमा ३५ शय्या तयारी अवस्थामा रहेको र थप ३५ शय्या निर्माणको तयारी अन्तिम चरणमा रहेको छ।
मन्त्रिपरिषद्को १६ चैतको बैठकले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो। रासस
" /> काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई सेट हस्तान्तरण गरेका छन्।सरकारको सुदूरपश्चिम समन्वयको जिम्मेवारी पाएकी खानेपानी मन्त्री बीना मगरलाई आज राज्यमन्त्री मानन्धरले २०० थान पीपीई सेट हस्तान्तरण गरेका हुन्।

">