पोखरा। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२५-२७ असोजकाे तीन दिनमा प्रहरी जाँचका क्रममा ती ट्याक्सी चालकहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए।
दशैं मनाउन विभिन्न जिल्लामा जाने यात्रु ठगिन नदिन पोखराबाट बाहिरिने मुख्य सडकमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरेको छ। यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ गर्ने प्रवृत्ति अन्त्यका लागि सडकमा जाँचका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। रासस
" /> पोखरा। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।२५-२७ असोजकाे तीन दिनमा प्रहरी जाँचका क्रममा ती ट्याक्सी चालकहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए।

">