हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य अभाव भएको छ। चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव भएकाे हाे।
कोभिड-१९ को महामारीले देशविदेशका सीमानाका बन्द हुँदा स्थानीय तथा बाहिरीरूपमा खाद्यान्नलगायत अन्य काममा पनि सकस हुँदै गएकाे छ।
चालागाउँका दोर्जे लामाका अनुसार आधारभूत आवश्यकताका सामग्रीका साथै दैनिक उपभोग्य वस्तु पनि चीनबाट ल्याइने हुँदा लकडाउनको असरले खाद्य अभाव भएकाे हाे।
गाउँपालिकाका तिल, जाङ, चाला, यारी, मुचु, तुम्कोट र अन्य गाउँका बासिन्दा पनि चीनबाट नै कमाइ गरी ल्याएको सामग्रीबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय वासिन्दाले बताएका छन्।
वर्षौंदेखि चालागाउँलेले चीनको ताक्लाकोटमा गएर आवश्यकताका सामाग्री ल्याउने भए पनि यस वर्ष सीमानाका बन्द हुँदा संकट भएको टसि लामा बताउँछन्। “भोट माग्न मात्रै आउँछन्, भोकै छ कि खाएको छ, कसैले सोध्ने गर्दैनन्।”
भौलिक विकटताका साथै यस वर्षको अत्यधिक हिमपातले बाटोघाटो आवातजावत गर्न एकातिर कठिनाइ छ भने अर्काेतिर लकडाउनले असर पारेको छ। करीब ३५ घरधुरी रहेको चालागाउँमा वर्षको एक बाली मात्रै अन्न उत्पादन हुन्छ। सो उत्पादनले चार महीना पनि खाना पुग्दैन। यसले गर्दा कि सदरमुकाम सिमकोटबाट कि त नजिकैको सीमा बजार ताक्लोकोटबाट आठ महीनाका लागि खाद्यान्नको व्यवस्था गर्नुपर्ने बाध्यता छ।
अहिले चालागाउँमा गएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीलाई पनि खानपिनको व्यवस्था गर्न स्थानीयवासीलाई धौधौ परेको चाला स्वास्थ्यचौकीका इञ्चार्ज गणेश रोकायाले बताए। सो गाउँमा एकातिर खाद्य संकट देखिएको छ भने अर्कातिर गाउँमा गएका कर्मचारीलाई स्थानीय वातावरण र खानपिनमा बानी पार्न गाह्रो भएको जानकारी प्राप्त भएको छ।
गाउँमा न त भरपर्दो सञ्चारका सेवासुविधा उपलब्ध छन् न त स्वास्थ्य र शिक्षा। आफूहरूको सेवासुविधामा स्थानीय तहका पदाधिकारीले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन्। रासस
" /> हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य अभाव भएको छ। चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव भएकाे हाे।कोभिड-१९ को महामारीले देशविदेशका सीमानाका बन्द हुँदा स्थानीय तथा बाहिरीरूपमा खाद्यान्नलगायत अन्य काममा पनि सकस हुँदै गएकाे छ।

">