काठमाडौं। प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा १ वैशाखमा बाग्म्तीको उद्गमस्थल बाग्द्वारमा लाग्ने मेला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण यसपटक स्थगन गरिएको छ।

मेला चलाउँदा भीड जम्मा भई कोरोनाको सङ्क्रमण फैलनसक्ने भएकाले यस वर्ष स्थगन गरिएको बाग्द्वार उपभोक्ता समितिका अध्यक्ष अरुण ठकुरीले बताए।

मेला स्थगन गरिए पनि पुजारीबाट १ वैशाखमा हुने विशेष पूजा भने गरिनेछ। यहाँको मेला चलाउन गुठी संस्थानले पनि सहयोग गर्दै आएको छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने बाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ।

मेलाका लागि धेरै भक्तजन चैतको अन्तिम दिन नै बाग्द्वारमा गएर बस्ने गर्छन्। चैत मसान्तमा बाग्द्वार पुग्ने भक्तजनले नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा बत्ती बाल्ने गरेको समितिका अध्यक्ष ठकुरीले बताए।

शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ। यस वर्ष बाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं भक्तपुरको बिस्केट जात्रा पनि स्थगन गरिएको छ।

यस वर्ष १ वैशाखको मेलाअघि नै निर्माण सक्ने गरी दुवै नगरपालिकाको १०÷१० लाख गरी २० लाख रूपैयाको लागतमा बग्द्वारमा कुटीसहित शौचालय निर्माण भइरहेको थियो। कोरोनाको त्राससँगै एक महीनाअघि काम रोकिएको समितिले जनाएको छ।

मेलामा विशेष गरी उपत्यकाका साथै सिन्धुपाल्चोक र नुवाकोटका भक्तजनको पनि उल्लेख्य सहभागिता रहने गर्थ्यो। बाग्द्वारबाट दुवै जिल्लाको सीमा नजिकै पर्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष वैशाख महीनामा आयोजना गर्ने बाग्मती तीर्थ यात्राका यात्रु पनि एक रात बाग्द्वारमा बास बस्ने विधि छ। पूर्णप्रसाद मिश्र/रासस

" /> काठमाडौं। प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा १ वैशाखमा बाग्म्तीको उद्गमस्थल बाग्द्वारमा लाग्ने मेला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण यसपटक स्थगन गरिएको छ।

मेला चलाउँदा भीड जम्मा भई कोरोनाको सङ्क्रमण फैलनसक्ने भएकाले यस वर्ष स्थगन गरिएको बाग्द्वार उपभोक्ता समितिका अध्यक्ष अरुण ठकुरीले बताए।

मेला स्थगन गरिए पनि पुजारीबाट १ वैशाखमा हुने विशेष पूजा भने गरिनेछ। यहाँको मेला चलाउन गुठी संस्थानले पनि सहयोग गर्दै आएको छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने बाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ।

मेलाका लागि धेरै भक्तजन चैतको अन्तिम दिन नै बाग्द्वारमा गएर बस्ने गर्छन्। चैत मसान्तमा बाग्द्वार पुग्ने भक्तजनले नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा बत्ती बाल्ने गरेको समितिका अध्यक्ष ठकुरीले बताए।

शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ। यस वर्ष बाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं भक्तपुरको बिस्केट जात्रा पनि स्थगन गरिएको छ।

यस वर्ष १ वैशाखको मेलाअघि नै निर्माण सक्ने गरी दुवै नगरपालिकाको १०÷१० लाख गरी २० लाख रूपैयाको लागतमा बग्द्वारमा कुटीसहित शौचालय निर्माण भइरहेको थियो। कोरोनाको त्राससँगै एक महीनाअघि काम रोकिएको समितिले जनाएको छ।

मेलामा विशेष गरी उपत्यकाका साथै सिन्धुपाल्चोक र नुवाकोटका भक्तजनको पनि उल्लेख्य सहभागिता रहने गर्थ्यो। बाग्द्वारबाट दुवै जिल्लाको सीमा नजिकै पर्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष वैशाख महीनामा आयोजना गर्ने बाग्मती तीर्थ यात्राका यात्रु पनि एक रात बाग्द्वारमा बास बस्ने विधि छ। पूर्णप्रसाद मिश्र/रासस

"> नयाँ वर्षमा लाग्ने बाग्द्वार मेला स्थगित    : Dekhapadhi
नयाँ वर्षमा लाग्ने बाग्द्वार मेला स्थगित
काठमाडौं। प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा १ वैशाखमा बाग्म्तीको उद्गमस्थल बाग्द्वारमा लाग्ने मेला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण यसपटक स्थगन गरिएको छ।

मेला चलाउँदा भीड जम्मा भई कोरोनाको सङ्क्रमण फैलनसक्ने भएकाले यस वर्ष स्थगन गरिएको बाग्द्वार उपभोक्ता समितिका अध्यक्ष अरुण ठकुरीले बताए।

मेला स्थगन गरिए पनि पुजारीबाट १ वैशाखमा हुने विशेष पूजा भने गरिनेछ। यहाँको मेला चलाउन गुठी संस्थानले पनि सहयोग गर्दै आएको छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने बाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ।

मेलाका लागि धेरै भक्तजन चैतको अन्तिम दिन नै बाग्द्वारमा गएर बस्ने गर्छन्। चैत मसान्तमा बाग्द्वार पुग्ने भक्तजनले नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा बत्ती बाल्ने गरेको समितिका अध्यक्ष ठकुरीले बताए।

शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ। यस वर्ष बाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं भक्तपुरको बिस्केट जात्रा पनि स्थगन गरिएको छ।

यस वर्ष १ वैशाखको मेलाअघि नै निर्माण सक्ने गरी दुवै नगरपालिकाको १०÷१० लाख गरी २० लाख रूपैयाको लागतमा बग्द्वारमा कुटीसहित शौचालय निर्माण भइरहेको थियो। कोरोनाको त्राससँगै एक महीनाअघि काम रोकिएको समितिले जनाएको छ।

मेलामा विशेष गरी उपत्यकाका साथै सिन्धुपाल्चोक र नुवाकोटका भक्तजनको पनि उल्लेख्य सहभागिता रहने गर्थ्यो। बाग्द्वारबाट दुवै जिल्लाको सीमा नजिकै पर्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष वैशाख महीनामा आयोजना गर्ने बाग्मती तीर्थ यात्राका यात्रु पनि एक रात बाग्द्वारमा बास बस्ने विधि छ। पूर्णप्रसाद मिश्र/रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्