प्रदेश १ मा कोभिड-१९ को र्यापिड टेष्ट शुरू

विराटनगर। कोभिड-१९ भए/नभएको पत्ता लगाउन प्रदेश १ मा र्‍यापिड टेष्ट शुरू गरिएको छ।

विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाको नमूना संकलन गर्न पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

झापा, मोरङ र उदयपुरमा क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन्।

हिजो, २९ चैतमा संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रित हुने बताए।

परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा एकैपटक धेरै संख्यामा परीक्षण गर्न सकिने आरटीपीसीआर मेसिन जडान गरिसकिएको छ।

यस प्रदेशमा अहिले क्वारेन्टाइनमा बस्नेको संख्या ५९२ पुगेको छ । हिजो ३९ जना थपिएका छन्।

कोभिड-१९ को आशंकामा आइसोलेसन बेडमा १० जना उपचाररत् छन्। होम क्वारेन्टाइनमा तीन हजार ४१७ जना बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्