सप्तरी। लकडाउनमा सीमा बन्द भए पनि भारतबाट लुकीछिपी आउने क्रम नरोकिएपछि सप्तरीमा सशस्त्र प्रहरीले पैदल गस्ती बढाएको छ।
सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू पनि राखेको छ।
नाकाबाट नेपाल प्रवेशमा पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए।
सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो । “सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११/१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो”, न्यौपानेले भने, “नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प गरिएको छ।”
खाली रहेको विद्यालय, टहरा र पालमा चेकपोष्ट खडा गरेको छ।
भारतमा दिनदिनै कोरोना संक्रमणका बिरामी बढिरहेको बेला सम्भावित जोखिमलाई ध्यान दिँदै सीमामा थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। रासस
" /> सप्तरी। लकडाउनमा सीमा बन्द भए पनि भारतबाट लुकीछिपी आउने क्रम नरोकिएपछि सप्तरीमा सशस्त्र प्रहरीले पैदल गस्ती बढाएको छ।सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू पनि राखेको छ।

">