बागलुङमा र्‍यापिड टेष्‍ट गरिएका ५०३ जनाको रिपोर्ट नेगेटिभ
कोभिड-१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा ४ दिनदेखि नमूना परीक्षण थालिएको थियो।
पहिलो दिन १२, दोस्रो दिन ९४ र हिजो ३९७ जनाको नमूना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हिजो, २९ चैतमा बागलुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका ११४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा कोरोना जाँच गरिएको थियो।
स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन् ।
स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, भौतिक सम्पर्क भएका व्यक्ति र विदेशबाट आएका सबैमा कोरोनाको द्रुत जाँच गरिनेछ।
भोलिसम्म जिल्लाका १० स्थानीय तहका कूल ९७१ व्यक्तिमा कोभिड-१९ को परीक्षण गरिने गुरौले जानकारी दिए।
“हामीले तयारी गरेभन्दा जाँचको संख्या केही थप हुनसक्ने देखिएको छ”,उनले भने, “जाँच गरिएका कूल सङ्ख्यामध्ये १० प्रतिशतको स्वाबसमेत संकलन गरी कोरोना परीक्षण गरिनेछ।” रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्