धनगढीको आरटीपीसीआर मेसिनबाट पहिलो दिन १५ जनाको परीक्षण

कैलाली। धनगढीमा जडान गरिएको आरटीपीसीआर मेसिनबाट गएराति १५ वटा नमूना परीक्षण गरिएको छ।

धनगढीस्थित पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा जडान गरिएको पहिलो दिन आरटीपीसीआर मेसिनबाट १५ जनाको नमूना परिक्षण गरिएको मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिल लेखकले बताए।

उनले नमूना परीक्षण गरिएकामध्ये १४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। बाँकी एकजनाको रिपोर्ट आज आउने छ।

तीन घण्टामा ९६ जनाको नमूना परीक्षण गर्न सकिने आरटीपीसीआर मेसिन धनगढीमै संचालनमा आएपछि कोभिड-१९ को परीक्षणमा राहत मिलेको छ।

यसअघि कोरोना भाइरस संक्रमणको आशंका रहेका व्यक्तिको थ्रोट स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्