कोभिड-१९ बाट स्याङजा वालिङका पूर्वगोर्खा सैनिकको बेलायतमा मृत्यु <p>काठमाडौं। कोभिड-१९ का कारण कारण बेलायतमा अर्का एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ।</p> <p>स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको हो।</p> <p>मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए।</p> <p>चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्