तब्लिगी जमातका सदस्यलाई सेल्टर दिएका १३ जनाविरुद्ध मुद्दा
<p>नयाँदिल्ली। एक कोभिड-१९ का बिरामीसहित १३ जनाविरुद्ध भारतको छत्तिसगढमा तब्लिगी जमातका सदस्यहरूलाई सेल्टर दिएको अभियोगमा मुद्दा चलाइएको छ।</p>
<p>एनडीटीभीका अनुसार उनीहरूलाई स्थानीय मस्जिदबाट शनिबार प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो। उनीहरू कोभिड-१९ को हटस्पट बनेको पुरानी बस्ती नामक इलाकाका बासिन्दा हुन्।</p>
<p>अधिकारीहरूका अनुसार महाराष्‍ट्रबाट आएका तब्लिगी जमातका १६ जना सदस्यहरू उक्त इलाकामा आएर बसेका थिए। र, मुद्दा चलाइएका १३ जनाले उनीहरूलाई सेल्टर उपलब्ध गराएका थिए।</p>
<p>स्थानीय प्रहरी अधिकारीका अनुसार तब्लिगी जमातका सदस्यहरूको उपस्थितिमा लकडाउन उल्लंघन गर्दै सामूहिक प्रार्थना आयोजना गरिएको थियो। त्यसक्रममा सामाजिक दूरि कायम गर्नुपर्ने नियम तोडिएको ती प्रहरी अधिकारीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्