क्‍वारेन्टाइनमा बसेकाहरूलाई घर पठाइँदै <p>कैलाली । भारतबाट फर्किएर कैलालीका विभिन्&zwj;न &nbsp;क्&zwj;वारेन्टाइनमा बसेकाहरूलाई घर फिर्ता गर्न थालिएको छ।</p> <p>स्थानीय तहमा अनिवार्य १४ दिने क्&zwj;वारेन्टाइनमा राखिएकाहरूको नमूना परीक्षणपछि घर पठाउन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।</p> <p>जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले र्&zwj;यापिड &nbsp;टेस्&zwj;टमा रिर्पोट नेगेटिभ आएकाहरूलाई सात दिन अनिवार्य होम क्&zwj;वारेन्टाइनमा बस्&zwj;ने शर्तमा घर पठाउन थालिएको बताए।</p> <p>शनिबार १६६ जनालाई क्&zwj;वारेन्टाइनबाट घर पठाएको उनले जानकारी दिए। शुक्रबार पनि क्&zwj;वारेन्टाइनमा बसेका ५८ जनालाई घर पठाइएको थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्