प्रदेश २ अपडेट: परीक्षण सकिएका १३२ रिपोर्ट नेगेटिभ, २३१ जनाको परीक्षण हुँदै

धनुषा। प्रदेश २ मा ३६३ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणा सकिएका १३२ जनाको रिपोर्ट नेगेटिभ आएको।

बाँकी २३१ जनाको रिपोर्ट आउन बाँकी छ ।

२१ चैतबाट परीक्षण शुरू गरिएको वीरगंजको नारायणी अस्पताल ९७ को परीक्षण गरिएका ६० को रिपोर्ट नेगेटिभ पाइएको छ। ३७ को रिपोर्ट आउन बाँकी छ।

प्रादेशिक अस्पताल जनकपुरमा २४६ परीक्षण गरिएकामध्ये ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १९४ जनाको आउन बाँकी छ।

त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भारतलगायत अन्य देशबाट आएकामध्ये ७२ महिला र ९२१ पुरुष गरी ९९३ जना क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए।

सचिव घिमिरेले प्रदेशभरिमा अहिले ५३ महिला र एक हजार २४१ पुरुष होम क्वारेन्टाइनमा छन्।

कोरोना भाइरस संक्रमणको आशंकामा यस प्रदेशमा दुई महिला र १२ पुरुष गरी १४ जनाको आइसोलेसमा राखेर उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्