लकडाउनको अटेर गर्दै घरबाहिर निस्किएका १६७ जनाको सवारीसाधन कारवाहीमा
काठमाडौं। ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्दै बाहिर निस्किएका १६७ जनाको सवारीसाधन नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान १० बजेसम्म ती सवारीसाधन कारवाहीमा परेका हुन्।

नियन्त्रणमा लिइएकामा ५ वटा चार पांग्रे र १६२ वटा दुई पांग्रे सवारी छन्।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन गरेको अनुरोधको अटेर गर्नेहरूको सवारीसाधनलाई कारवाही गरिएको महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीले बाहिरी तथा भित्रि सडकहरूमा चेकप्वाइन्ट राखि सवारी साधन चेकजाँच गर्दै आएको छ।

कारवाही गरिएका सवारीसाधन दिनभर नियन्त्रणमा लिएर बेलुका छाड्ने गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्