काेभिड-१९ काेषमा चार नेपाली राजदूतहरूले एक महीनाको तलब जम्मा गर्ने
<p>काठमाडौं। दक्षिण पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत् चार नेपाली राजदूतहरुले आफ्नो एक महीनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन्।<br />
मलेसियाका लागि उदयराज पाण्डे, म्यानमारका भिमकुमार उदास, क्यानवेराका महेशराज दाहाल र बैंकका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले उक्त कोषमा एक महीनाको तलब सहयोग गर्ने सामूहिक निर्णय गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्