वीर अस्पतालमा कोभिड-१९ परीक्षण सुरु, दैनिक ६० नमूना परीक्षण गरिने

काठमाडौं। नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु भएको छ। वीर अस्पतालमा आजदेखि औपचारिक रुपमा कोरोना भाइरसको परीक्षण सुरु भएको हो।

हिजो शनिबार पनि ४ वटा नमुना परीक्षण गरिएको अस्पतालका प्रवक्ता डाक्टर केदारप्रसाद सेन्चुरीले बताए।

उनले भने, ‘एक पटकमा ५ वटा नमुना परीक्षण गर्ने भनिए पनि सुरुको दिन भएकाले ४ वटा नमुना हुँदा पनि परीक्षण गरिएको हो।” तर, आजदेखि भने ५ वटा नमुना संकलन भएपछि मात्र परीक्षण गरिने छ।

यद्यपि, अहिलेसम्म अस्पतालमा जम्मा तीनवटा नमुना संकलन भएका छन्। एकपटकमा ५ वटाभन्दा कम नमुना संकलन गर्दा परीक्षण गर्ने किट खेर जाने सेन्चुरीको भनाइ छ।

तर, अस्पतालले भोलिदेखि ५ वटा पनि नमुना संकलन नभए टेकु अस्पतालबाट ल्याएर दैनिक ६० वटासम्म नमुना परीक्षण गर्ने तयारी अस्पतालले गरेको छ।

प्रतिक्रिया दिनुहोस्