कोरोना भाइरसविरूद्ध आयुर्वेदिक उपचारकाे वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल
भारत। भारतमा कोरोना भाइरसविरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिकरूपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोना भाइरसको उपचार हुन्छ कि हुँदैन परीक्षण गर्न र वैज्ञानिकरूपमा पुष्टि गर्न निर्देशन दिएका हुन्।

आईसीएमआरजस्ता निकायहरूसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले निर्देशन दिएकाे आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिएका छन्।

एएनआईसँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले कोरोना भाइरसको आयुर्वेदिक तथा परम्परागत उपचारबारे वैज्ञानिकरूपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गरेकाे बताए।

आयुर्वेदिक उपचार पद्धतिबारे आफूहरूसँग झण्डै दुई हजार प्रस्तावहरू आएको र ती सबैको अध्ययन तथा परीक्षण गरिने उनकाे भनाइ छ। रासस/एएनआई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्